
काठमाडौं ।
शाओमी १७टी सिरिज आधिकारिक रूपमा मे २८ मा लन्च हुने तय भएको छ। शाओमीले “अहिलेसम्मकै सबैभन्दा ठूलो टी सिरिज अपग्रेड” को रुपमा वर्णन गर्दै आफ्नो आगामी १७टी र १७टी प्रो फोनहरूको लन्च मितिको पुष्टि गरेको छ।
१७टी सिरिजको आधिकारिक रेन्डरहरू र विस्तृत स्पेक्सहरू सहित लीकहरु देखा परिसकेका छन्। दुबै फोनहरू मिडियाटेक चिपसेटहरूसँग आउने तयारीमा रहेका छन्। १७टीले डाइमेन्सिटी ८५००–अल्ट्रा समावेश गर्नेछ भने १७टी प्रोले फ्ल्यागशिप डाइमेन्सिटी ९५०० एसओसी प्राप्त गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रो भेरियन्टमा ठूलो ६.८३–इन्च एएमओएलईडी (एफएचडी+ १४४हर्ज) रहने अपेक्षा गरिएको छ भने भेनिलाले ६.५९ एएमओएलईडी (एफएचडी+ १२०हट्र्ज) प्यानल समावेश गर्ने छ। दुबै फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ भने १७टीमा लाइट फ्युजन ८०० मुख्य सेन्सर आउने हल्ला रहेका छ र १७टी प्रोमा लाइट फ्युजन ९५० सेन्सर हुने अपेक्षा गरिएको छ। त्यसैगरी डिभाइसहरुमा ५× अप्टिकल जुम सहितको ५० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेल अल्ट्रावाइड लेन्स हुनेछ।
शाओमी १७टी ६७ वाट चार्जिङ सर्मथन गर्ने ६,५०० एमएएच ब्याट्रीको साथ लन्च हुने अपेक्षा गरिएको छ भने १७टी प्रोमा १०० वाट वायर्ड र ५० वाट तार रहित चार्जिङको साथ ठूलो ७,००० एमएएच ब्याट्रीको हुने हल्ला रहेको छ।
शाओमी १७टी (१२/२५६ जीबी) को मूल्य युरोपमा ७४९ यूरो (८७८ अमेरिकी डलर) बाट सुरु हुने हल्ला छ भने शाओमी १७टी प्रो (१२/५१२ जीबी) को मूल्य ९९९ यूरो (१,१७० अमेरिकी डलर) बाट सुरु हुने हल्ला रहेको छ।
प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार