सामसङले थप चार ग्यालेक्सी स्मार्टफोनहरूको लागि वान यूआई ८.५ स्थिर अपडेट जारी गर्यो

  • Technology Khabar | ६ जेष्ठ २०८३, बुधबार
सामसङले थप चार ग्यालेक्सी स्मार्टफोनहरूको लागि वान यूआई ८.५ स्थिर अपडेट जारी गर्यो

काठमाडौं ।

सामसङले लगभग केही हप्ता अघि स्थिर वान यूआई ८.५ अपडेट रोल आउट गर्न सुरु गरेको थियो। कम्पनीले अब ग्यालेक्सी ए३६, ग्यालेक्सी ए५६, ग्यालेक्सी जेड फोल्ड५ र ग्यालेक्सी जेड फ्लिप५ गरी थप चारओटा स्मार्टफोनहरूको लागि स्थिर वान यूआई ८.५ अपडेट उपलब्ध गराएको छ।

सामसङ ग्यालेक्सी ए३६ को लागि वान यूआई ८.५ स्थिर अपडेट दक्षिण कोरियामा फर्मवेयर संस्करण ए३६६एनकेएसयू६सीजेडडीए को साथ रोल आउट गरिने भएको छ। दक्षिण कोरियामा ग्यालेक्सी ए५६ को लागि पनि स्थिर वान यूआई ८.५ रोल आउट गरिने तर त्यसको फर्मवेयर संस्करण थाहा नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

त्यसैगरी ग्यालेक्सी जेड फोल्ड५ र फ्लिप५ को लागि स्थिर वान यूआई ८.५ को फर्मवेयर संस्करण पनि अज्ञात नै रहेको तर दक्षिण कोरियामा यो अपडेट दुवै फोल्डिङ्ग स्मार्टफोनहरूको लागि रोल आउट गरिने उल्लेख गरिएको छ।

दक्षिण कोरियामा यी कुनै पनि स्मार्टफोनहरूमा स्थिर वान यूआई ८.५ अपडेट अब फोनको सेटिङ्स भित्र सफ्टवेयर अपडेट मेनुमा नेभिगेट गरेर म्यानुअल रूपमा जाँच गर्दै प्राप्त गर्न सकिने छ।

प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • ६ जेष्ठ २०८३, बुधबार