स्पोटिफाईको डिस्को बल एप आइकन अस्थायी, नियमित लोगो फिर्ता हुने पुष्टि

  • Technology Khabar | ६ जेष्ठ २०८३, बुधबार
स्पोटिफाईको डिस्को बल एप आइकन अस्थायी, नियमित लोगो फिर्ता हुने पुष्टि
फोटो सौजन्यः ९टु५म्याक

काठमाडौं ।

स्पोटिफाईले हालै आफ्नो मोबाइल एपको लागि एप आइकन परिवर्तन गरेको छ। स्ट्रिमिङ अडियो सेवा २० वर्ष पुगेको अवसरमा कम्पनीले अस्थायी रुपमा एप आइकन परिवर्तन गरेको बताइएको छ।

नियमित फ्ल्याट हरियो रङ्गको स्पोटिफाई एप आइकनलाई हालै फोटोरियलिस्टिक डिस्को बलले प्रतिस्थापन गरिएको छ।

स्पोटिफाईको २० औं वार्षिकोत्सवको अवसरमा आइकनमा यो परिवर्तन गरिएको कम्पनीले बताएको छ।

यो आइकन परिवर्तन स्पोटिफाईको जन्मदिन उत्सवको लागि अस्थायी रूपमा गरिएको हो भनेर सबैलाई थाहा नभएको ९टु५म्याकले रिपोर्ट गरेको छ।

त्यस कारणले गर्दा कम्पनीले सामाजिक सञ्जाल पोस्टहरूमार्फत डिस्को बल लोगो स्थायी नभएको भनेर सबैलाई सुनिश्चित गर्दै प्रतिक्रिया दिएको उल्लेख गरिएको छ।

त्यसैगरी स्पोटिफाईले प्रयोगकर्ताहरूलाई नियमित एप आइकन यही हप्ता फिर्ता हुने बताएको छ।

प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...