चिनियाँ नेटवर्कमा हुने अधिकांश साइबर आक्रमण अमेरिकाका कारण

  • Technology Khabar | २८ जेष्ठ २०७६, मंगलवार
चिनियाँ नेटवर्कमा हुने अधिकांश साइबर आक्रमण अमेरिकाका कारण

काठमाडौं ।

बेइजिङ । चिनियाँ नेटवर्कलाई लक्षित गरी हुने प्राय साइबर आक्रमण संयुक्त राज्य अमेरिकाका कारण हुने गरेको चीनको नेशनल कम्प्यूटर नेटवर्क इमर्जेन्सी रेस्पोन्स टेक्निकल टिम (सीएनसीईआरटी) ले सोमबार सार्वजनिक गरेको एक बार्षिक प्रतिवेदनमा भनिएको छ ।

‘ट्रोजन तथा वोटनेट’ गतिविधिका आधारमा सन् २०१८ मा चीनको मूख्य भू–भागमा रहेका ३३ लाख ४० हजार कम्प्यूटरमा करिब १४ हजार ट्रोजन वा बोटनेटका कमाण्ड तथा कन्ट्रोल सर्भर (सी एण्ड सी सर्भर) अमेरिकाबाट सञ्चालित रहेको पाइएको सीएनसीईआरटीले प्रतिवेदनमा उल्लेख गरेको छ । यो सङ्ख्या सन् २०१७ को तुलनामा ९०.८ प्रतिशतले बढी हो ।

त्यसैगरी ३३ हजार २५ इन्टर्नेट प्रोटोकल (आइपी) एड्रेसहरू अमेरिकाबाट सञ्चालित रहेको र यो सन् २०१७ को तुलनामा ४३ प्रतिशतले बढी हो । अमेरिकाले तीन हजार ६०७ चिनियाँ वेबसाइटमा अनावश्यक तथा अपकारी (ट्रोजन) गतिविधिमार्फत समस्या उत्पन्न गराइने गरेको भेटिएको सीएनसीईआरटीले जनाएको छ ।

माथिका दुई श्रेणीमा आधारित रहेर हेर्दा चिनियाँ भू–भागमा कम्प्युटर तथा वेबसाइटमार्फत तथ्याङ्क चोरी हुने वा साइबर आक्रमण हुने समस्या सबैभन्दा बढी अमेरिकाबाट रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २८ जेष्ठ २०७६, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...