एप्पलले क्यामरा एपमा ठूला परिवर्तनहरूको तयारी गर्दै

  • Technology Khabar | ५ जेष्ठ २०८३, मंगलवार
एप्पलले क्यामरा एपमा ठूला परिवर्तनहरूको तयारी गर्दै
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

आईओएस २७ अपरेटिङ सिस्टमसँग सम्बन्धित हालैका रिपोर्टहरू अनुसार एप्पलले आईफोनमा क्यामरा एपमा ठूला परिवर्तनहरूको लागि योजना बनाइरहेको छ।

ब्लूमबर्ग पत्रकार मार्क गर्मनका अनुसार क्यामरा एप धेरै कस्टमाइज गर्न सकिने किसिमको हुनेछ। यो सुविधाले व्यावसायिक प्रयोगकर्ताहरू र फोटोग्राफी उत्साहीहरूलाई उनीहरूले फोटो खिच्ने र भिडियो रेकर्ड गर्ने तरिकामा बढी नियन्त्रण प्रदान गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

त्यसैगरी सबैभन्दा ठूलो परिवर्तन भनेको युजर्स लाइकिङमा क्यामरा इन्टरफेसलाई रिएरेञ्ज (पुनः व्यवस्थित) गर्ने क्षमता हुने अपेक्षा गरिएको छ।

एप्पलले रिजोल्युसन, फ्ल्यास, “लाइभ फोटोज”, एक्सपोजर र डेप्थ अफ फिल्ड जस्ता फङ्गसन (कार्य) हरूको लागि नयाँ विजेटहरू प्रस्तुत गर्ने बताइएको छ भने यो क्यामरा स्क्रिनबाट थप्न वा हटाउन सकिने छ।

कम्पनीले फोटोग्राफी र थप एडभान्स्ड ईमेज लेभलिङ (उन्नत तस्बिर स्तरीकरण) को लागि सहायक ग्रिडहरू जस्ता नयाँ सुविधाहरू पनि थप्ने अपेक्षा गरिएको छ।

त्यसैगरी अर्को नयाँ कुरा भनेको आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित रहेको छ। एप्पलले क्यामरा एप भित्र “सिरी मोड” एकीकृत गर्ने रिपोर्ट गरिएको छ र त्यसले प्रयोगकर्ताहरूलाई भिज्योल सर्चका साथै रियल–टाईम टेक्स्ट ट्रान्सलेसन (अनुवाद) सहित क्यामराबाट सीधा एआई फङ्गसनहरू प्रयोग गर्न अनुमति दिनेछ।

यी सुविधाहरू आधिकारिक रूपमा डब्ल्यूडब्ल्यूडीसी २०२६ सम्मेलनको समयमा प्रस्तुत गरिने अपेक्षा गरिएको छ। एप्पलले सम्मेलनमा आईओएस २७ का अन्य सुविधाहरू र आर्टिफिसियल इन्टेलिजेन्सको लागि आफ्नो नयाँ रणनीति पनि खुलासा गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: ५ जेष्ठ २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • ५ जेष्ठ २०८३, मंगलवार