
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तबाट चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या उल्लेख्य रुपमा बढेको पाइएछ।
यसअघि माघ मसान्तबाट फागुन मसान्तसम्म आइपुग्दा कारोबार सङ्ख्या र रकम दुवै उल्लेख्य घटेको थियो।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ चैत्र मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्या र रकममा उल्लेख्य बढोत्री भएको पाइएको हो।
माघ मसान्तबाट फागुन मसान्तसम्म आइपुग्दा मोबाइल बैंकिङमार्फत् भएको कारोबार सङ्ख्या ४८ लाख १४ हजार ७७४ ले घटेर समग्रमा ६ करोड २५ लाख ४० हजार २९४ मा आइपुगेको थियो।
तर फागुन मसान्तबाट चैत मसान्तसम्म आइपुग्दा उक्त आँकडा १ करोड १९ लाख २६ हजार ५९० ले बढेर समग्रमा ७ करोड ४४ लाख ६६ हजार ८८४ पुगेको छ।
कारोबार रकम माघ मसान्तबाट फागुन मसान्तसम्म आइपुग्दा १७ अर्ब ७३ करोड ६० लाख रुपैयाँले घटेर ५ खर्ब ४० अर्ब ७६ करोड ३० लाखमा आइपुगेको थियो।
तर फागुन मसान्तबाट चैत्र मसान्तसम्म आइपुग्दा ७७ अर्ब ९५ करोड ३० लाखले बढेर समग्रमा ६ खर्ब १८ अर्ब ७१ करोड ६० लाख पुगेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: २ जेष्ठ २०८३, शनिबार