
काठमाडौं ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बुधबारदेखि सञ्चालन गरेको छ। उक्त सेवा विगत १० दिनदेखि बन्द रहेको थियो ।
विभागका निर्देशक कमलप्रसाद पाण्डेले प्राविधिक समस्याका कारण यही वैशाख २१ गतेदेखि अवरुद्ध रहेको सेवा आजदेखि सञ्चालन गरिएको बताए।
उनले आजै एक सूचना जारी गरी भनेका छन, “राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा केही प्राविधिक समस्या आएकाले मर्मत कार्य जारी रहेकामा सो कार्य पूरा नभएसम्म नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचय नम्बरलाई प्रणालीले भ्यालिडेट गर्ने सेवा अवरुद्ध भएकामा आजदेखि सेवा सुचारु भएको छ।” रासस
प्रकाशित: ३१ बैशाख २०८३, बिहीबार