
काठमाडौं ।
सामसङ स्मार्ट प्लाजाले हिजो सोमबार ललितपुरको इमाडोलमा आफ्नो नयाँ पन्ध्रौँ आउटलेटको औपचारिक उद्घाटन गरेको छ जसले नेपालमा सामसङको खुद्रा उपस्थितिलाई थप सुदृढ बनाएको छ।
उक्त शोरुमको उद्घाटन सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ यूके जङ; गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छा; तथा हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले गरेका थिए।
उद्घाटन सामसङको नवप्रवर्तन, पहुँचयोग्यता र उत्कृष्ट ग्राहक अनुभवप्रतिको प्रतिबद्धतामा अर्को महत्वपूर्ण कोसेढुंगा भएको कम्पनीको दावी छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जङले भने, ‘नेपालमा सामसङको किफायती, पहुँचयोग्य र सहज ओम्नी-च्यानल ग्राहक अनुभवप्रतिको ध्यानलाई पुनः पुष्टि भयो।’
उनले विभिन्न उत्पादनहरूमा २४ महिनासम्मको ई एम आई सुविधाको विस्तारसँगै अब अझ धेरै नेपाली परिवारहरूले प्रिमियम स्मार्टफोन, टिभी र होम अप्लायन्सहरू थप वित्तीय लचकताका साथ प्राप्त गर्न सक्ने बताए।
यसबाहेक सामसङको ओम्नी-च्यानल इकोसिस्टममार्फत डिजिटल र भौतिक खुद्रा अनुभवलाई एकीकृत गर्ने प्रयासबारे पनि प्रकाश पारे।
कम्पनीका अनुसार ग्राहकहरूले samsungplaza.com.np मार्फत सजिलै अनलाइन अर्डर गर्न, प्रिमियम उत्पादन अनुभव र विश्वसनीय परामर्शका लागि नजिकैको सामसङ प्लाजा भ्रमण गर्न, तथा बीओपीआईएस (बाइ अनलाइन, पिकअप इन स्टोर) सेवा छनोट गर्न सक्नेछन्, जसले सहज र जोडिएको ग्राहक यात्रालाई सम्भव बनाउँछ।
जङले सामसङको रेमिटेन्स रिवार्ड प्रोग्रामलाई पनि विशेष रूपमा उल्लेख गरे। यो पहल विदेशमा रहेका आफ्ना प्रियजनहरूसँग जोडिएका नेपाली परिवारहरूलाई सामसङ उत्पादनहरू मार्फत सहज अनुभवसँग विशेष लाभहरू र विश्वसनीय सेवाहरू उपलब्ध गराउन डिजाइन गरिएको बुझिएको छ।
प्रकाशित: २९ बैशाख २०८३, मंगलवार