टेलिहेल्थ प्लेटफर्ममार्फत् दुर्गममा विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइने

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
टेलिहेल्थ प्लेटफर्ममार्फत् दुर्गममा विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइने

काठमाडौं ।

टेलिहेल्थ प्लेटफर्ममार्फत् दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ परामर्श सेवा उपलब्ध गराइने भएको छ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसबारे घोषणा गरेका हुन्।

‘जैविक अध्ययन सार्वजनिक स्वास्थ्य अनुसन्धान र महामारी नियन्त्रण क्षमता सुदृढीकरणका लागि संघीय तहमा राष्ट्रिय जैविक अध्ययन प्रयोगशाला स्थापना गरिनेछ’, उनले थपे।

यसबाहेक अत्याधुनिक अपाङ्गता पुनर्स्थापना केन्द्रहरुको स्थापना गरिनेछ। बौद्धिक अपाङ्गाता भएका बालबालिकाका लागि सहायक प्रविधिसहित विशेष कार्यक्रम सञ्चालन गरिनेछ।

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार