टोयोटा र सुबारुले संयुक्तरुपमा इलेक्ट्रिक एसयूभी बनाउने

Technology Khabar २४ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं ।

काठमाडौं । अटोमेकर कम्पनी टोयोटा र सुबारुले संयुक्तरुपमा इलेक्ट्रिक एसयूभी बनाउने घोषणा गरेका छन् । दुबै कम्पनीले एक अर्को ब्राण्डमा नयाँ इलेक्ट्रिक एसयूभी बनाउने छन् ।

जापानी कार मेकरहरुले विगत बर्षदेखि नै हाइब्रीड भेहिकल प्रोजेक्टहरुमा सहभागीता जनाउँदै आएका छन् ।

दुबै कम्पनीहरुले पछिल्लो दिनमा इलेक्ट्रिक गाडिहरुमा बढ्दो अभिरुची र विकासलाई ध्यानमा राखेर इलेक्ट्रिक प्लेटफर्मलाई विकास गर्न लागेको बताएका छन् । कम्पनीहरुले सी सेगमेन्ट क्लास र डी सेगमेन्ट क्लास सेडान र एसयूभीहरुको लागि आवश्यक प्लेटफर्म तयार पार्ने उल्लेख गरेका छन् ।

तर दुबै कम्पनीहरुले कहिलेसम्म नयाँ एयूभीहरु लन्च हुनेछ भन्ने जानकारी दिएका छैनन् ।

सन् २०१७ मा टोयोटाले इलेक्ट्रिफिकेसन प्लान बिस्तार गर्ने घोषणा गरेको थियो भने सन् २०२१ मा पूर्णरुपमा इलेक्ट्रिक कार लन्च गर्ने योजना लिएको छ । तर अहिलेसम्म प्रमुख जापानी अटोमेकर कम्पनी टोयोटा हाइब्रिड गाडिहरुमा मात्रै केन्द्रित रहेको छ ।

त्यसैगरी सुबारुले पनि सन् २०२१ सम्ममा पूर्णरुपमा इलेक्ट्रिक कार लन्च गर्ने योजना लिएको छ ।

प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया