काठमाडौं ।
श्रीलङ्काका प्रहरीले सप्ताहन्त देखि राजधानीमा जारी गरेको पछिल्लो साइबर अपराध विरोधी काबाहीमा अधिकांश चिनियाँ र भियतनामी सहित २३१ जना विदेशी नागरिकलाई पक्राउ गरेको अधिकारीहरूले बिहीबार बताएका छन्।
अन्तर्राष्ट्रिय रूपमा अपरारधको जालो फैलाई साइबर अपराध गर्दै आएको अपराधिक समूहले अनलाइन क्रिप्टोकरेन्सी घोटाला लगायतका माध्याम बाट वार्षिक अरबौं डलर बराबरको हिनामिन गरेको जनाइएको छ।
श्रीलङ्कामा अधिकारीहरूले गत आइतबारको कारकाहिमा दुई सन्दिग्धसहित १५७ जनालाई पक्राउ गरेको जनाएका छन्। यसै गरी बुधबार थप ७४ जनालाई पक्राउ गरिएको जनाइएको छ।
अपराधमा संलग्न व्यक्तिहरु पर्यटन भिसामा श्रीलङ्कामा प्रवेश गरी अवैध रूपमा अपराधिक कार्यमा संलग्न रहेको प्रहरी प्रवक्ता फ्रेडरिक वुटलरले बताएका छन्।
घोटाला केन्द्रबाट जफत गरिएका कम्प्युटर तथा मोबाइल फोनको फरेन्सिक जाँच गर्न आदेश दिएको जनाइएको छ। आइतबार पक्राउ परेका संदिग्धहरूसँग फेला परेका कम्प्युटर र सञ्चार उपकरणहरू पनि अनुसन्धानका लागि पठाइएको अधिकारीहरूले बताएका छन्।
श्रीलङ्काको एक होटलबाट साइबर क्यामरा सञ्चालन गरेको आरोपमा अधिकांश चिनियाँ नागरिक सहित १५२ जना विदेशी नागरिकहरूलाई हिरासतमा लिएको एक महिनापछि यो कारबाही गरिएको जनाइएको छ।
आप्रवासन अधिकारीहरूले गत मार्चमा १३५ चिनियाँ नागरिकलाई यस्तै घोटालाको आरोपमा पक्राउ गरी निर्वासित गरिएको जनाएका छन्।
यस अघि कोलम्बो स्थित बेइजिङ दूतावासले चिनियाँ नागरिकहरूलाई श्रीलङ्कामा घोटालाको कारबाहीमा संलग्न हुनबाट रोक्न स्थानीय अधिकारीहरूसँग काम गरिरहेको बताएको थियो।
श्रीलङ्काको दूर–सञ्चार पूर्वाधार, अनुकूल भौगोलिक संरचना र अपेक्षाकृत उदार भिसा नीतिहरूले ठगी गिरोहहरूलाई श्रीलङ्का सक्रिय रहन प्रोत्साहित गरेको दूतावासले जनाएको छ।
सन् २०२४ मा श्रीलङ्काका अधिकारीहरूले टापुका विभिन्न भागहरूमा साइबर अपराध विरुद्धको कारबाही गरेको आरोपमा २३० जना चिनियाँ नागरिक र २०० जना भारतीय नागरिकलाई हिरासतमा लिएको जनाइएको छ।-रासस/एएफपी
प्रकाशित: २४ बैशाख २०८३, बिहीबार