आईफोन ग्लास मर्मत किन यति धेरै महँगो पर्छ?

  • Technology Khabar | २५ बैशाख २०८३, शुक्रबार
आईफोन ग्लास मर्मत किन यति धेरै महँगो पर्छ?

काठमाडौं ।

आईफोन ग्लासको मर्मत सबैभन्दा महँगो स्मार्टफोन सेवाहरू मध्ये एक हो। डिभाइसको जटिल निर्माण र उन्नत प्रविधि त्यसको मुख्य कारण हो।

आधुनिक आईफोन स्क्रिनहरू ग्लासको एक तह मात्र नभइ तिनीहरू ओएलईडी प्यानल, टच सेन्सरहरू र सुरक्षात्मक ग्लास सहित धेरै कडा रूपमा एकीकृत तहहरू मिलेर बनेका हुन्छन्।

यो औद्योगिक रूपमा बोण्ड गरिएको स्ट्रकचर (संरचना) ले अन्य भागहरूलाई असर नगरी ग्लास मात्र प्रतिस्थापन गर्न लगभग असम्भव बनाउने टेलिग्राफले रिपोर्ट गरेको छ।

त्यसै कारणले गर्दा धेरैजसो अवस्थामा ग्लास क्षतिग्रस्त हुँदा सम्पूर्ण स्क्रिनलाई एकल एकाइको रूपमा प्रतिस्थापन गर्नुपर्नेछ र त्यसले मर्मत लागतमा उल्लेखनीय वृद्धि गर्नेछ।

अर्को कारक भनेको नयाँ मोडेलहरूमा उच्च–गुणस्तरको सामग्री र सिरेमिक शिल्ड जस्ता उन्नत प्रविधिको प्रयोग हो र तिनीहरु बढी प्रतिरोधी हुन्छन् भने निर्माण र प्रतिस्थापन गर्न महँगो हुनेछ।

साथै, एप्पल र अधिकृत सेवा केन्द्रहरूले मौलिक भागहरू र प्रमाणित प्रक्रियाहरू प्रयोग गर्ने भएकाले त्यसले सेवाको मूल्यलाई अझ बढाउने बताइएको छ।

समग्रमा, एकीकृत प्रविधि, महँगो सामग्री र विशेष मर्मत प्रक्रियाहरूको संयोजनले गर्दा आईफोन ग्लास प्रतिस्थापनलाई मोबाइल फोन बजारमा सबैभन्दा महँगो मर्मत मध्ये एक मानिने गरिरन्छ।

प्रकाशित: २५ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • २५ बैशाख २०८३, शुक्रबार