आईओएस, आईप्याडओएस र म्याकओएस २७ सार्वजनिक हुँदै

  • Technology Khabar | २५ बैशाख २०८३, शुक्रबार
आईओएस, आईप्याडओएस र म्याकओएस २७ सार्वजनिक हुँदै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले जुन ८ मा आफ्नो वर्ल्ड वाईड डेभलपर्स कन्फरेन्स (डब्ल्यूडब्ल्यूडीसी) मा आईओएस २७, आईप्याडओएस २७ र म्याकओएस २७ अनावरण गर्दैछ।

ब्लूमबर्गको नयाँ रिपोर्टले कम्पनीको अपरेटिङ सिस्टमका यी संस्करणहरूले एआई एक्सटेन्सनहरूलाई समर्थन गर्ने दावी गरेको छ।

यी एक्सटेन्सनहरूले “प्रयोगकर्तालाई सिरी, राइटिङ टुल्स, ईमेज प्लेग्राउण्ड र थप जस्ता एप्पल इन्टेलिजेन्स सुविधाहरू मार्फत माग अनुसार स्थापित एपहरूबाट जेनेरेटिभ एआई क्षमताहरू पहुँच गर्न अनुमति दिने” रिपोर्टले दावी गरेको छ।

त्यसैले मूल रूपमा, प्रयोगकर्ताले बिल्ट–इन एप्पल–मेड टुल्सहरू प्रयोग गर्न वा तेस्रो–पक्ष विकल्पहरू ट्याप इन गर्न सक्ने छन्। एक्सटेन्सनहरूले टेक्स्ट र ईमेजहरू उत्पन्न गर्न र सम्पादन गर्नुका साथै कुराकानीहरूको लागि काम गर्नेछन्।

प्रयोगकर्ताले प्रयोग गर्ने प्रत्येक एआई मोडेलको फरक आवाज हुन सक्ने भएकोले “कसले“ आफुसँग सधैं कुरा गरिरहेको भनेर प्रयोगकर्तालाई थाहा हुने बताइएको छ। बिल्ट–इन सिरी मोडेलले एउटा आवाज प्रयोग गर्नेछ भने तेस्रो–पक्ष मोडेलहरूले अर्को आवाज प्रयोग गर्नेछन्।

तेस्रो–पक्ष एआई सेवाहरूले यो एक्सटेन्सन प्रणालीलाई समर्थन गर्न आफ्नो एपहरू अपडेट गर्नुपर्ने अनुमान गरिएको छ। साथै तिनीहरूले उक्त अवसरमा सामेल हुनेछन् भन्ने कुरामा कुनै शंका नभएको उल्लेख गरिएको छ।

यो समर्थन प्राप्त भएपछि प्रयोगकर्ताहरु लेखनमा मद्दतको लागि क्लाउड, तस्बिरहरू सिर्जना गर्न जेमिनी र सिरीसँग च्याटको लागि च्याटजीपीटी चयन गर्न सक्षम हुनेछन्।

यो एउटा रोचक दृष्टिकोण भएको र एप्पलले च्याटजीपीटी, जेमिनी र क्लाउडसँग प्रतिस्पर्धा गर्ने आफ्नै एआई प्लेटफर्म सिर्जना गर्ने कार्य लगभग पूर्ण रूपमा त्यागेको जस्तो देखिएको उल्लेख गरिएको छ। साथै एप्पलले यस्ता चालहरूका साथ प्रतिस्पर्धालाई अँगालिरहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २५ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...