एप्पलले आफ्नो एप्पल वाचहरूको लागि नयाँ प्राइड एडिशन स्पोर्ट लूप लन्च गर्यो

  • Technology Khabar | २३ बैशाख २०८३, बुधबार
एप्पलले आफ्नो एप्पल वाचहरूको लागि नयाँ प्राइड एडिशन स्पोर्ट लूप लन्च गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले सोमबार ४० एमएम, ४२ एमएम र ४६ एमएम एप्पल वाचहरूको लागि नयाँ प्राइड कलेक्शन स्पोर्ट लूप अनावरण गरेको छ। यो कम्पनीको वेबसाइटमा अहिले अर्डरको लागि उपलब्ध भएको र प्रयोकर्तालाई ४९ अमेरिकी डलर फिर्ता गरिने बताइएको छ। एप्पलको प्रेस विज्ञप्ति अनुसार यो “यो हप्ताको अन्त्यदेखि” एप्पल स्टोरहरूमा पनि उपलब्ध हुनेछ।

नायलन धागोमा ११ ओटा इन्द्रेणी रङहरूमा बुनिएको यो ब्यान्डमा जटिल बुनाई रहेको र एउटा रङलाई अर्को रङमा मिसाइएको हुनाले, “ब्यान्डभरि गहिराइ र गति सिर्जना गरेको” एप्पलले बताएको छ। “रमाइलो र जीवन्त डिजाइनले विश्वभर एलजीबीटीक्यू+ समुदायहरूलाई आकार दिने अद्वितीय पहिचानलाई प्रतिबिम्बित गर्ने रङहरूको पूर्ण स्पेक्ट्रम प्रदर्शन गर्दछ” भनि कम्पनीले थप उल्लेख गरेको छ।

नयाँ ब्यान्डलाई साथ दिनका लागि प्राइड ल्युमिनेन्स वाच फेस “एलजीबीटीक्यू+ समुदायको जीवन्तता, भावना र पहिचान दर्शाउने” रङहरूमा प्रस्तुत गरिएको छ। फेसमा रेडियल र भर्टिकल गरि दुई ज्यामितीय ढाँचाहरू रहेका छन् भने वाच फेसलाई अझ बढी रङहरूसँग अनुकूलित गर्न सकिने बताइएको छ।

त्यसैगरी नयाँ म्याचिङ्ग आईफोन र आईप्याड वालपेपरमा “आनन्ददायी र गतिशील डिजाइन” को साथ समान रूपमा अनुकूलन योग्य रङहरू उपलब्ध रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...