ओपनएआई फोन सोचेभन्दा छिटो आउने, कस्टम डाइमेन्सिटी एसओसी प्रयोग गर्नेः कुओ

  • Technology Khabar | २३ बैशाख २०८३, बुधबार
ओपनएआई फोन सोचेभन्दा छिटो आउने, कस्टम डाइमेन्सिटी एसओसी प्रयोग गर्नेः कुओ
फोटो सौजन्यः मिङ्ग–ची कुओ/जीएसएमएरिना

काठमाडौं ।

गत महिना विश्लेषक मिङ्ग–ची कुओले ओपनएआईले २०२८ मा बृहत मात्रामा उत्पादनको लागि निर्धारित एआई–एजेन्ट स्मार्टफोन विकास गरिरहेको रिपोर्ट गरेका थिए।

अब कुओले समयरेखालाई गति प्रदान गरिएको हुन सक्ने सुझाव दिँदै डिभाइसको केही प्रारम्भिक विशिष्टताहरू पनि साझा गरेका छन्।

कुओका अनुसार ओपनएआई स्मार्टफोन अब २०२७ को पहिलो ६ महिना भित्र बृहत मात्राको उत्पादनमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी विश्लेषकले समयरेखालाई गति दिनुको श्रेय भने सम्भावित वर्षको अन्त्यको आईपीओको साथ बढ्दो एआई फोन बजारलाई दिएका छन्।

कुओले ओपनएआईको एआई एजेन्ट–फोकस्ड (केन्द्रित) स्मार्टफोनको प्रमुख स्पेसिफिकेसनहरू पनि साझा गरेका छन्। विश्लेषकका अनुसार ओपनएआईको लागि मिडियाटेक एकमात्र एसओसी आपूर्तिकर्ता हुने सम्भावना रहेको उल्लेख गरिएको छ।

डिभाइसले कस्टम डाइमेन्सिटी ९६०० चिपसेट प्रयोग गर्ने अपेक्षा गरिएको छ। उक्त चिपसेट यो वर्षको उत्तरार्धमा टीएसएमसीको एन२पी प्रोसेसमा निर्मित हुनेछ।

त्यसैगरी इमेजिङ डिभाइसको प्रमुख केन्द्रमा रहने कुओले थप उल्लेख गर्दै आईएसपीले रियल– वर्ल्ड भिज्युअल सेन्सिङ सुधार गर्न डिजाइन गरिएको एक परिष्कृत एचडीआर पाइपलाइन फिचर गर्ने सुझाव दिएका छन्।

ओपनएआई फोनमा एलपीडीडीआर६ र्याम र यूएफएस ५.० स्टोरेजको साथमा एआई कार्यभारहरूको लागि डुअल–एनपीयू आर्किटेक्चर पनि समावेश गरिने भनिएको छ। सुरक्षातर्फ डिभाइसले पीकेभीएम र इनलाइन ह्यासिङलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।

कुओका अनुसार यदि फोनको विकासको गति समयतालिका अनुसार नै रहेमा २०२७ र २०२८ मा कुल ढुवानी ३ करोड युनिट पुग्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...