
काठमाडौं ।
एप्पलले आगामी आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा डाइनामिक आइल्याण्ड पञ्च–होल कटआउट सानो बनाउनेछ कि छैन भन्ने बारेमा विगत केही महिनादेखि अफवाह र लीकहरू देखा परिरहेका छन्।
मंगलबार एक्समा एक टिपस्टरले आगामी डिभाइसहरूको लागि नयाँ सीएडी फाइलहरू प्राप्त गरेको दावी गरेको छ (यो सम्भवतः एप्पलबाट नै प्राप्त गरेको केस निर्माताबाट प्राप्त गरिएको फाइलहरू हुन सक्छ)।
लीक भएका तस्बिरहरुमा यी नयाँ सीएडी फाइलहरूले आईफोन १४ प्रो देखि नै प्रो सिरिजमा रहँदै आएको भन्दा धेरै सानो पञ्च–होल कटआउट स्क्रिनको शीर्षमा देखाएको उल्लेख गरिएको छ।
यो अप्टिकल भ्रम हुन वा नहुन पनि सक्ने र कटआउट केही अग्लो देखिनुका साथै स्पष्ट रूपमा कम चौडा भएको उल्लेख गरिएको छ। यदि यो जानकारी सही भएको खण्डमा भने एप्पलले सम्भवतः कम्तिमा केही टच आईडी सेन्सरहरू स्क्रिन मुनि राख्न सफल भएको हुन सक्ने बताइएको छ।
आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्सको पछाडिको डिजाइन तिनीहरूका पूर्ववर्तीहरूसँग लगभग समान रहने हल्ला रहेको तथ्यलाई ध्यानमा राख्दा अब सानो डायनामिक आइल्याण्ड यो वर्षको आईफोन प्रोहरूमा आउने मुख्य डिजाइन ओभरहाल हुन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २३ बैशाख २०८३, बुधबार