
काठमाडौं ।
आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा नौजनाको घटनास्थलमा नै मृत्यु भएको छ।
आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका दिल्ली प्रहरीले पुष्टि गरेको छ।
पूर्वी दिल्लीको विवेक विहार इलाकामा पीडित सुतिरहेका बेला यो घटना भएको हो । एसी विस्फोटपछि लागेको आगो केही मिनेटमा नै पूरै घरमा फैलिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त घरको विभिन्न भागबाट नौजनाको मृत शरिर निकालिएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। आगो नियन्त्रणका लागि दमकलसहितका १४ ओटा टोली खटिएका थिए ।
एयर कन्डिसनरमा विस्फोट हुनुको कारण पत्ता लगाउन अनुसन्धान सुरू भइसकेको प्रहरीले जनाएको छ। रासस/एएफपी
प्रकाशित: २० बैशाख २०८३, आईतवार