एप्पलको २० औं वार्षिकोत्सव आईफोन डिजाइन दुवै प्रो मोडेलहरूबारे हुने

  • Technology Khabar | २१ बैशाख २०८३, सोमबार
एप्पलको २० औं वार्षिकोत्सव आईफोन डिजाइन दुवै प्रो मोडेलहरूबारे हुने

काठमाडौं ।

अगामी वर्ष एप्पलको मूल आईफोन लन्च गरिएको २० वर्ष पुग्दै छ। एप्पलले आफ्नो पहिलो आईफोनको २० औं वार्षिकोत्सवको अवसरलाई मनाउन केही विशेष योजना बनाएको लामो समयदेखि हल्ला भइरहेको छ।

साथै केही दिनअघि एउटा रिपोर्टले २० औं वार्षिकोत्सव आईफोन क्वाड–कर्भ स्क्रिनको साथ आउने बताएको थियो।

तर त्यो विशेष वार्षिकोत्सव आईफोन मोडेलको बारेमा नभइ प्रो सिरिजमा पुनः डिजाइन आउने बारेमा रहेको उल्लेख गरिएको छ। त्यसैले २०२७ मा आउने आईफोन प्रो र प्रो म्याक्समा उक्त क्वाड–कर्भ स्क्रिन डिजाइन हुने भएको छ।

एप्पलले २०२७ आईफोन प्रोमा अन्डर–डिस्प्ले क्यामराहरू समावेश गर्ने काम पनि गरिरहेको छ। साथै त्यहाँ अन्डर–डिस्प्लेमा फेस आईडी सेन्सरहरू हुने सम्भावना बढी भएको अनुमान गरिएको छ। यो बारेमा धेरै समयदेखि हल्ला भइरहेको भए तापनि एप्पलले त्यस्तो प्रविधि विकास गर्न कुनै उल्लेखनीय प्रगति गरेको नदेखिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २१ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

  • Technology Khabar
  • २१ बैशाख २०८३, सोमबार