नियम विपरीत राइड शेयरिङ गरेका लगायत २ हजार १११ चालक ट्राफिक कारबाहीमा

  • Technology Khabar | २० बैशाख २०८३, आईतवार
नियम विपरीत राइड शेयरिङ गरेका लगायत २ हजार १११ चालक ट्राफिक कारबाहीमा
सांकेतिक फाइल तस्बिर। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँच गर्दै। तस्विरः रासस।

काठमाडौं ।

बितेका २४ घण्टामा दुई हजार १११ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु पाँच लाख ६५ हजार राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२२ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १३८, निषेधित क्षेत्रमा हर्न बजाउने ६७, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ८६, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ४२ र अन्य सवारी नियम पालना नगरेका एक हजार एक हजार १६० जनालाई कारबाही गरिएको हो।-रासस

प्रकाशित: २० बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार