
काठमाडौं ।
यसै हप्तादेखि यूट्युबले एउटा सानो चेतावनीका साथ अब विश्वव्यापी रूपमा नन्–प्रिमियम प्रयोगकर्ताहरूका लागि पिक्चर–इन–पिक्चर सुविधा रोल आउट गर्ने भएको छ।
केही समयदेखि उपलब्ध हुँदै आएको यूट्युबको यो सुविधा अमेरिका बाहिरका नन्–प्रिमियम प्रयोगकर्ताहरूका लागि भने हालसम्म पनि उपलब्ध गराइएको थिएन। यो सुविधा या त प्रिमियम ग्राहक भएको खण्डमा वा अमेरिकामा आधारित भएकाहरुका लागि मात्र उपलब्ध हुँदै आएको थियो।
अब भुक्तानी नगर्ने एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूले पीआईपी मोडमा लङ्ग–फर्म, नन्–म्युजिक कन्टेण्ट प्ले गर्न सक्षम हुनेछन्। अमेरिकाका प्रयोगकर्ताहरू भने यो परिवर्तनबाट प्रभावित हुने छैन।
त्यसैगरी यूट्युबले प्रिमियम लाइट सदस्यहरू र नन्–प्रिमियम प्रयोगकर्ताहरूलाई समान स्तरमा राख्दै अब पीआईपी मोडमा म्युजिक कन्टेण्ट प्रतिबन्धित गर्ने भएको छ।
यूट्युबले आधिकारिक म्युजिक भिडियोहरू, आर्ट ट्र्याकहरू, बालबालिकाका गीतहरू र प्रयोगकर्ता–उत्पन्न म्युजिक कन्टेण्ट सहित सबै म्युजिक भिडियोहरू म्युजिक कन्टेण्टमा समावेश गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १९ बैशाख २०८३, शनिबार