
काठमाडौं ।
वानप्लस प्याड ४ भारतमा वानप्लस प्याड ३ को उत्तराधिकारीको रूपमा लन्च गरिएको छ। वानप्लस प्याड ३ ले सेप्टेम्बर २०२५ मा देशमा डेब्यू गरिएको थियो।
वानप्लसको पछिल्लो फ्ल्यागशिप एन्ड्रोइड ट्याब्लेटमा स्न्यापड्रागन ८ एलिट जेन ५ चिपसेटको साथमा १२जीबी सम्म एलपीडीडीआर५एक्स र्याम र ५१२जीबी यूएफएस ४.१ स्टोरेज समावेश गरिएको छ। मेटल युनिबडी डिजाइन सहितको ट्याब्लेटको मोटाई ५.९४ एमएम र ६७२ ग्राम तौल रहेको छ।
ट्याब्लेटमा १४४हर्ज रिफ्रेस रेट, ३,३९२ × २,४००–पिक्सेल रिजोल्युसन, ५४०हर्ज टच स्याम्पलिङ रेट, र हाई–ब्राइटनेस मोडमा १,००० निट्स सम्म ब्राइटनेस प्रदान गर्ने ठूलो १३.२ इन्चको एलसीडी डिस्प्ले रहेको छ। साथै स्क्रिनमा ७ः५ आसपेक्ट रेसियो र १२–बिट कलर डेफ्थ रहेको छ।
प्याड ४ मा रहेको ठूलो ४५,२६० एमएम२ भेपर चेम्बरले हिट डिसिपेसन सुधार गर्ने दाबी गरिएको छ।
ट्याब्लेटले ६७ वाट द्रुत चार्जिङलाई समर्थन गर्ने विशाल १३,३८० एमएएच ब्याट्री प्रदान गर्दछ।
प्याड ४ को पछाडि एलईडी फ्ल्यासको साथ १३ मेगापिक्सेल मुख्य रियर क्यामरा रहेको छ। सेल्फी र भिडियो कलिङको लागि ट्याब्लेटमा ८ मेगापिक्सेल फ्रन्ट क्यामरा समावेश गरिएको छ।
वानप्लस प्याड ४ ले एन्ड्रोइड १६–आधारित अक्सिजनओएस १६ चलाउँछ र सिमलेस सिङ्क र एकै साथ ५ विन्डोजहरू चलाउने क्षमता जस्ता धेरै सुविधाहरू प्रदान गर्दछ।
ट्याब्लेटमा ८ ओटा स्पिकरहरू, डुअल माइक्रोफोनहरू, वाई–फाई ७, ब्लुटुथ ६.०, ५जी सेयरिङ र यूएसबी टाइप–सी पोर्ट ङमावेश गरिएको छ। आधिकारिक एक्सेसरिहरूमा वानप्लस स्टाइलस प्रो र स्मार्ट किबोर्ड समावेश छन्।
ट्याब्लेट ड्युन ग्लो र सेज मिस्ट रङ्ग विकल्पहरूमा उपलब्ध हुनेछ। यो ट्याब्लेट मे ५ देखि वानप्लस इन्डियाको आधिकारिक अनलाइन स्टोर, अमेजन इन्डिया, फ्लिपकार्ट र अफलाइन खुद्रा स्टोरहरू मार्फत बिक्री गरिने छ।
वानप्लस प्याड ४ को ८जीबी/२५६जीबी विकल्पको मूल्य ५९,९९९ भारतीय रुपैयाँ (६३० अमेरिकी डलर) रहेको छ भने १२जीबी/५१२जीबी भेरियन्टको मूल्य ६४,९९९ भारतीय रुपैयाँ (६८५ अमेरिकी डलर) कायम गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १९ बैशाख २०८३, शनिबार