ताजा समाचार

निजामती कर्मचारीको विवरण अब अनलाइनमै, पूर्णरूपमा डिजिटल सेवा दिन सुरु

निजामती कर्मचारीको विवरण अब अनलाइनमै, पूर्णरूपमा डिजिटल सेवा दिन सुरु
Global IME Bank

निजामती कर्मचारीहरूको विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्न सकिने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती) ले बुधवारदेखि आफ्ना सबै सेवाहरू अनलाइन प्रणालीमार्फत सञ्चालनमा ल्याएको हो।

योसँगै अब सेवाग्राही तथा सम्बन्धित कर्मचारीहरूले निजामती सम्बन्धी सेवाका लागि विभागमा भौतिक रूपमा उपस्थित हुने पर्ने छैन।

अनलाइन मार्फत सिट रोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक जस्ता सेवाहरू आफ्नै स्थानबाट सेवा लिन सकिने किताबखानाले जनाएको छ।

पूर्ण रूपमा डिजिटल सेवा दिन सुरु गरेको किताब खानामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अनुगमन समेत गरेकी थिइन्। अनुगमनपछि मन्त्री रावलले प्रविधिमैत्री सेवालाई अझ प्रभावकारी र गुनासोरहित बनाउन निर्देशन दिएकी छन्।

Sajilo Visa
easy care