
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को नवौं महिना चैत्र मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान गर्नेको संख्या ३० लाख ९६ हजार ५२ पुगेको छ। यो आँकडा अघिल्लो महिना फागुन मसान्तसम्म ३० लाख ६२ हजार २०४ थियो।
यस हिसाबले हेर्दा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक महिनामा ३३ हजार ८४८ ले वृद्धि भएको छ।
नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। चालु आर्थिक वर्षको नवौं महिना अर्थात् चैत्रमा पनि कम्पनीको यो साख यथावत नै छ।
विवरण अनुसार २०८२ चैत्र मसान्तसम्मका टप १० आईएसपी यसप्रकार छन्:
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ चैत्र मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या १० लाख ७३ हजार ९०३ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १० लाख ६८ हजार ५६१ थियो।
२. डिश मिडिया नेटवर्क
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ चैत्र मसान्तसम्म डिश मिडिया नेटवर्कको ३ लाख ७४ हजार ३१९ मा झरेको छ। अघिल्लो महिना कम्पनीको इन्टरनेट जडान संख्या ३ लाख ७९ हजार २९९ रहेको थियो।
३. भायानेट कम्युनिकेशन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ चैत्र मसान्तसम्म भायानेट कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ३ लाख ५७ हजार ७७१ पुगेको छ। अघिल्लो महिना पनि कम्पनीको समग्र ग्राहक सङ्ख्या ३ लाख ५४ हजार ८९४ थियो।
४. क्लासिक टेक प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ चैत्र मसान्तसम्म क्लासिक टेकको इन्टरनेट जडान संख्या २ लाख ८४ हजार २१ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या २ लाख ८० हजार ५७४ थियो।
५. सुबिसु केबलनेट प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ चैत्र मसान्तसम्म सुबिसु केबलनेटको इन्टरनेट जडान संख्या २ लाख ८२ हजार ८४९ मा पुगेको छ। अघिल्लो महिना कम्पनीको ग्राहक सङ्ख्या २ लाख ६० हजार ७२४ थियो।
६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ चैत्र मसान्तसम्म वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टमको इन्टरनेट जडान संख्या १ लाख ७३ हजार ५०९ मा झरेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ७४ हजार २३३ रहेको थियो।
७. टेकमाइण्ड्स नेटवर्क प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ चैत्र मसान्तसम्म टेकमाइण्ड्स नेटवर्क प्रालिको इन्टरनेट जडान संख्या १ लाख २२ हजार २०३ मा झरेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख २९ हजार ७६ थियो।
८. वाइफाइ नेपाल प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ चैत्र मसान्तसम्म वाइफाइ नेपाल प्रालिको इन्टरनेट जडान संख्या १ लाख ६ हजार ५०० पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ६ हजार २७० थियो।
९. सिजी कम्युनिकेसन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ चैत्र मसान्तसम्म सिजी कम्युनिकेसन प्रालिको इन्टरनेट जडान संख्या ८८ हजार ७३८ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ८७ हजार ५३९ थियो।
१०. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ चैत्र मसान्तसम्म ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिको इन्टरनेट जडान संख्या ५५ हजार ७३० पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ५५ हजार ३८७ थियो।
प्रकाशित: १८ बैशाख २०८३, शुक्रबार