
काठमाडौं ।
जीएमले अमेरिकामा मोडेल वर्ष २०२२ का साथै नयाँ क्याडल्याक, सेभ्रोले, ब्यूवेक र जीएमसी सवारी साधनहरूमा “गुगल बिल्ट–इन” को साथ गुगलको जेमिनी एआई च्याटबोट प्रस्तुत गर्ने भएको छ।
ती सवारी साधनहरूले एन्ड्रोइड अटोमोटिभ चलाउनका लागि यसो गर्न लागिएको हो। जीएमले लगभग चार लाख सवारी साधनहरू यो अपडेटको लागि योग्य रहेको बताएको छ।
अपेक्षा गरे जस्तै जेमिनीमा विशेष आदेशहरू कण्ठ नगरी वा कुनै पनि सन्दर्भ नदोहोर्याई प्राकृतिक तरिकाले कुरा गर्न सकिनेछ।
“तपाईं ठूला विचारहरूमा बहस गर्न सक्नुहुन्छ, अनियमित जिज्ञासाहरू अन्वेषण गर्न सक्नुहुन्छ, र विभिन्न भाषाहरूमा अनुवाद गरिएका टेक्स्टहरू पनि पठाउन सक्नुहुन्छ”, कम्पनीले आफ्नो आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख गरेको एरिनाईभीले रिपोर्ट गरेको छ।
माथि उल्लिखित ती सबै सवारी साधनहरूमा जेमिनीको अपडेट आउन भने धेरै महिना लाग्न सक्ने बताइएको छ। यी मध्ये कुनै एउटा गाडी भएका सवारी धनीले जेमिनी प्रयोग गर्नको लागि अनस्टारमा कनेक्ट भएको, गुगल प्ले स्टोरमा साइन इन भएको, अमेरिकी अंग्रेजीलाई सहायक भाषाको रूपमा प्रयोग गरेको र जेमिनीमा अप्ट इन गरेको सुनिश्चित गर्नुपर्ने छ।
यो अपडेट थप जीएम बजारहरूमा विस्तार गरिने र “समयसँगै” थप भाषाहरूलाई समर्थन गर्ने कम्पनीले आफ्नो आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।
प्रकाशित: १६ बैशाख २०८३, बुधबार