
काठमाडौं ।
सामसङले आफ्नो सामसङ वालेटको लागि ट्रिप्स भनिने नयाँ सुविधा घोषणा गरेको छ। ट्रिप्सले “यात्रा योजनाहरूलाई एकसाथ ल्याउने कार्य गर्दछ, धेरै एपहरूबिच स्विच गर्ने आवश्यकतालाई हटाउँदै सबै यात्रा विवरणहरूको लागि सिङ्गल एक्सेस पोइण्ट प्रदान गर्दछ”, कम्पनीले बताएको छ।
ट्रिप टाइमलाइनसँग आउने यो नयाँ खण्डले “व्यस्त यात्रा कार्यक्रमहरूमा संरचना थप्दै र सुरुदेखि अन्त्यसम्म सहज यात्रा प्रदान गर्दै” सबै यात्रा–सम्बन्धित योजनाहरूलाई सिङ्गल भ्यूमा देखाउनेछ।
साथै प्रयोगकर्ताले सामसङ वालेटमा योग्य वस्तुहरू थप गर्दा ट्रिप्सले तिनीहरूलाई समय र स्थानको आधारमा समूहबद्ध गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
ट्रिप्सले होटल, उडान यात्रा कार्यक्रम, कार भाडा, भ्रमणका साथै बस, रेल, थिम पार्क र खेलकुद कार्यक्रमहरूको लागि टिकटहरूको बुकिङलाई समर्थन गर्दछ। यो सुविधाले प्रयोगकर्तालाई म्यानुअल रूपमा यात्रा कार्यक्रमका विवरणहरू थप्ने क्षमता प्रदान गर्दछ भने सेभ गरिएका विवरणहरूसँगै मेमोहरू पनि समावेश गर्न सकिनेछ।
ट्रिप्स यो महिनाको अन्त्यदेखि कोरिया, अमेरिका र बेलायतमा सामसङ वालेटमा उपलब्ध हुनेछ।
प्रकाशित: १५ बैशाख २०८३, मंगलवार