सियोलमा एआई क्याम्पस निर्माण गर्ने दक्षिण कोरिया र गुगलबीच सहमति

  • Technology Khabar | १५ बैशाख २०८३, मंगलवार
सियोलमा एआई क्याम्पस निर्माण गर्ने दक्षिण कोरिया र गुगलबीच सहमति
फाइल तस्बिर

काठमाडौं ।

दक्षिण कोरिया र गुगलले सियोलमा कृत्रिम बुद्धिमत्ता (एआई) क्याम्पस निर्माण गर्ने सहमति गरेका छन्, जसले टेक कम्पनी र स्थानीय इन्जिनियर तथा स्टार्टअपहरूबीच सहकार्य बढाउने लक्ष्य राखेको छ। राष्ट्रपति कार्यालयका नीति सल्लाहकार किम योङ-बोमले सोमबार यस्तो जानकारी दिएका हुन्।

रोयटर्सका अनुसार दक्षिण कोरियाका राष्ट्रपति ली जाय म्युङले सोमबार सियोलमा डेमिस हासाबिस सँग भेट गरेका थिए। उक्त अवसरमा विज्ञान मन्त्रालय र गुगलबीच एआई क्याम्पस निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको किमले बताए।

बैठक र प्रस्तावित क्याम्पसबारे केही विवरण यस प्रकार छन्:

  • दक्षिण कोरियाले गुगल लाई अमेरिकास्थित मुख्यालयबाट कम्तीमा १० जना इन्जिनियर एआई क्याम्पसमा पठाउन आग्रह गरेको छ, र हासाबिसले यसबारे विचार गर्ने बताएका छन्।
  • गुगल को एआई क्याम्पस कम्पनीका लागि विश्वमै पहिलो हुनेछ, राष्ट्रपति सल्लाहकारले बताएका छन्।
    • राष्ट्रपति ली र हासाबिसले एआई को भविष्य र यसको मानव जीवनमा पर्ने प्रभावबारे विचार आदानप्रदान गरेका छन्।
    • एआईका कारण रोजगारी गुम्ने अवस्था आएमा आधारभूत तलब लागू गर्ने आवश्यकताबारे ली ले बैठकमा कुरा उठाएका छन्।
    • हासाबिस ले यस सहकार्यमार्फत “एआई हबमा इन्टर्नशिप र अन्य तालिम कार्यक्रममार्फत नयाँ पुस्तालाई यी उन्नत प्रविधिमा दक्ष बनाउन मद्दत गर्ने” आशा व्यक्त गरेका छन्।
    • गुगल डीपमाइण्डले सामसङ, एसके हाइनिक्स, होण्डाईको बोस्टन डाइनामिक्स र एलजी जस्ता कोरियाली कम्पनीहरूसँग सहकार्य अझ गहिरो बनाउने र नयाँ संयुक्त परियोजना सुरु गर्ने इच्छा व्यक्त गरेको छ।
    • हासाबिसले दक्षिण कोरियालाई चिपदेखि रोबोटिक्ससम्मका मुख्य एआई क्षेत्रहरूमा “उत्कृष्ट औद्योगिक आधार” भएको देशको रूपमा वर्णन गरेका छन्।
    • उनले एक दशकअघि कोरियामा भएको अल्फागो विरुद्ध ली सेडफल म्याचलाई आधुनिक एआई युगको सुरुवातको संकेतका रूपमा उल्लेख गर्दै त्यसले विज्ञान क्षेत्रमा समेत धेरै प्रगति प्रेरित गरेको बताएका छन्, जसमा अल्फाफोल्ड जस्ता प्रणाली समावेश छन्।

प्रकाशित: १५ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...