
काठमाडौं ।
केही दिनअघि अनर ६०० सिरिज घोषणा गरेको कम्पनीले चीनमा ब्रान्ड न्यू म्याजिकप्याड३ प्रो १२.३” को घोषणाको साथ आफ्नो ट्याब्लेट लाइनअपलाई पनि विस्तार गरेको छ।
यो म्याजिकप्याड३ प्रो १२.३” गत वर्ष घोषणा गरिएको म्याजिकप्याड३ प्रो १३.३ को अलि सानो संस्करण भएको र यो नयाँ ट्याब्लेटमा धेरै स्पेक्स भिन्नताहरू रहेको उल्लेख गरिएको छ।
मजिकप्याड३ प्रो १३.३” मा रहेको एलसीडी प्यानलको सट्टा म्याजिकप्याड३ प्रो १२.३” मा ३,०००×१,९२०पिक्सेल रिजोल्युसन, एडाप्टिभ ६०–१६५ हर्ज रिफ्रेस रेट र १५.६ः१० आस्पेक्ट रेसियो भएको १२.३ इन्चको ओएलईडी समावेश गरिएको छ।
डिस्प्ले ३,००० निट्सको ब्राइटनेसमा मूल्याङ्कन गरिएको र वैकल्पिक म्याजिक पेन्सिल ३ मार्फत स्टाइलस इनपुटलाई समर्थन गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैगरी एसडी ८ जेन ५ एलिटलाई अब स्न्यापड्रागन ८ जेन ५ चिपसेटको साथ प्रतिस्थापन गरिएको छ। म्याजिकप्याड३ प्रो १२.३” लाई १२जीबी र्याम र ५१२जीबी स्टारेजको साथ कन्फिगर गर्न सकिने छ।
तर सबै संस्करणहरू वाई–फाई कनेक्टिभिटीमा सीमित रहेका छन्। एल्युमिनियम चेसिसको साथ प्याड३ प्रो १२.३” को मोटाई ४.८एमएम र तौल ४५० ग्राम रहेको छ। ट्याब्लेटको पछाडि १३ मेगापिक्सेलको क्यामरा रहेको छ भने अगाडि ९मेगापिक्सेल शूटर समावेश गरिएको छ।
सफ्टवेयरतर्फ ट्याब्लेटमा एन्ड्रोइड १६ मा आधारित म्याजिकओएस १० समावेश गरिएको छ र अनरले विन्डोड एपहरू सहितको डेस्कटप वातावरण रहेको एक समर्पित पीसी मोड पनि प्रस्तुत गरेको छ। ट्याब्लेटमा ६६ वाट वायर्ड चार्जिङ र २७ वाट सम्म रिभर्स वायर्ड चार्जिङ समर्थन भएको १०,१००एमएएच ब्याट्री रहेको छ।
अनर म्याजिकप्याड३ प्रो १२.३” स्टारी ग्रे र मुनलिट ह्वाइट रङ्गहरूमा उपलब्ध हुने बताइएको छ। चीनमा ट्याब्लेटको ८/२५६जीबीको बेसलाइन ट्रिमको मूल्य ३,९९९ चिनियाँ युआन (५८६ अमेरिकी डलर/५०१ यूरो) बाट सुरु हुन्छ भने १२/५१२जीबी संस्करणको मूल्य ५,१९९ चिनियाँ युआन (७६२ अमेरिकी डलर/६५२ यूरो) कायम गरिएको छ। अनर म्याजिकप्याड३ प्रो १२.३” को पहिलो ढुवानी अप्रिल २८ मा हुने तालिका रहेको छ।
प्रकाशित: १५ बैशाख २०८३, मंगलवार