भिभो वाई६ ५जी अनावरण: यस्ता छन् विशेषता

  • Technology Khabar | १३ बैशाख २०८३, आईतवार
भिभो वाई६ ५जी अनावरण: यस्ता छन् विशेषता
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

केही दिन अघि वाई६टी लन्च गरेको भिभोले अब वाई६ ५जी पनि आधिकारिक घोषणा गरेको छ।

यो वाई६ ५जी पनि वाई६टी जस्तै स्न्यापड्रागन ४ जेन २ एसओसी द्वारा संचालित छ। वाई६ ५जी सिल्भर (चाँदी), गोल्ड (सुनौलो) र ब्ल्याक (कालो) रङ्गमा उपलब्ध हुनेछ। डिभाइसको मापन १६६.६४ × ७८.४३ × ८.३९ एमएम र तौल २१९ ग्राम रहेको छ।

वाई६ ५जीमा १२०हर्ज रिफ्रेस रेट र १,२००–निट पीक ब्राइटनेस भएको ६.७५ इन्च ७२०×१५७० एलसीडी स्क्रिन, ५० मेगापिक्सेलको रियर क्यामरा, ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा र ४४वाट वायर्ड चार्जिङको लागि समर्थन भएको ७,२०० एमएएच ब्याट्री समावेश गरिएको छ।

फोनमा ५जी सपोर्ट, पावर बटनमा इम्बेड गरिएको साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, आईआर ब्लास्टर पनि रहेको छ। साथै यो डिभाइस ओरिजिनओएस ६ माथि एन्ड्रोइड १६ मा चल्ने उल्लेख गरिएको छ। यो धुलो र पानी प्रतिरोधको लागि आईपी६८ र आईपी६९ प्रमाणित गरिएको छ भने १.७ मिटरसम्म ड्रप टेस्ट गरिएको छ।

वाई६ ५जीको ८ जीबी र्याम/१२८ जीबी स्टोरेजको मूल्य १,७९९ चिनियाँ युआन (२६३ अमेरिकी डलर), ८ जीबी र्याम/२५६ जीबी स्टोरेजको मूल्य १,९९९ चिनियाँ युआन (२९२ अमेरिकी डलर) र १२ जीबी र्याम/२५६ जीबी स्टोरेजको मूल्य २,१९९ चिनियाँ युआन (३२२ अमेरिकी डलर) कायम गरिएको छ। वाई६ ५जी चीन बाहिर लन्च हुन्छ कि हुँदैन भन्ने बारेमा स्पष्ट नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १३ बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...