
काठमाडौं ।
फाइन्ड एक्स९ अल्ट्रा सँगसँगै ओप्पोले विश्वव्यापी बजारका लागि फाइन्ड एक्स९एस र चीनका लागि फाइन्ड एक्स९एस प्रो पनि लन्च गरेको छ।
फाइन्ड एक्स९एसमा १२५६×२७६० रिजोल्युसन, १२०हर्ज रिफ्रेस रेट, २४०हर्ज टच स्याम्पलिङ रेट र स्क्रिन माथि गोरिल्ला ग्लास ७आई सहितको ६.५९ इन्चको एएमओएलईडी स्क्रिन रहेको छ।
फाइन्ड एक्स९एसमा मिडियाटेक डाइमेन्सिटी ९५०० एस चिपसेट, १२जीबी र्याम र २५६/५१२जीबी स्टोरेज समावेश गरिएको छ। फोनको पछाडि ओआईएस सहितको ५० मेगापिक्सेलको मुख्य स्न्यापर, ओआईएस सहितको ५० मेगापिक्सेलको टेलिफोटो र अटोफोकस सहितको ५० मेगापिक्सेलको अल्ट्रावाइड सहितको ट्रिपल क्यामरा सेटअप रहेको छ। सेल्फीहरूको लागि फोनमा ३२ मेगापिक्सेलको स्न्यापर समावेश गरिएको छ।
फोनमा ८०वाट वायर्ड चार्जिङको लागि समर्थन सहितको ७,०२५ एमएएच ब्याट्री छ। फाइन्ड एक्स९एस को मापन १५६.९८ × ७३.९३ × ७.९९ एमएम र तौल २०२ ग्राम रहेको छ। यो डिभाइस मिडनाइट ग्रे, ल्याभेन्डर स्काई र सनसेट ओरेन्जमा उपलब्ध हुनेछ। यो एन्ड्रोइड १६ मा कलरओएस १६ सहित चल्ने उल्लेख गरिएको छ।
अर्कोतर्फ फाइन्ड एक्स९एस प्रोमा १४४हर्ज रिफ्रेस रेट र ३००हर्ज टच स्याम्पलिङ रेट भएको ६.३२ इन्चको १२१६×२६४० एएमओएलईडी टचस्क्रिन रहेको छ।
साथै डिभाइस्मा ओआईएस सहितको २०० मेगापिक्सेलको मुख्य क्यामरा, ३× अप्टिकल जुम र ओआईएस सहितको २०० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामरा, अटोफोकस सहितको ५०मेगापिक्सेल अल्ट्रावाइड र ३२मेगापिक्सेल सेल्फी क्यामरा समावेश गरिएको छ।
फाइन्ड एक्स९एस प्रो डाइमेन्सिटी ९५०० एसओसी द्वारा संचालित छ र ८०वाट वायर्ड चार्जिङको लागि समर्थन सहितको ७,०२५ एमएएच ब्याट्रीको साथ आउँछ।
डिभाइसको १२ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ५,२९९ चिनियाँ युआन (७७७ अमेरिकी डलर) रहेको छ भने १२ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ५,६९९ चिनियाँ युआन (८३५ अमेरिकी डलर) कायम गरिएको छ।
त्यसैगरी १६ जीबी र्याम र ५१२ जीबी स्टोरेजको मूल्य ५,९९९ चिनियाँ युआन (८७९ अमेरिकी डलर) र १६ जीबी र्याम र १ टीबी स्टोरेजको मूल्य ६,९९९ चिनियाँ युआन (१,०२६ अमेरिकी डलर) रहेको छ। यो ग्रिन (हरियो), ओरेञ्ज (सुन्तला), ह्वाइट (सेतो) र “नेटिभ टाइटेनियम” रङ्गहरुमा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ बैशाख २०८३, आईतवार