
काठमाडौं ।
गुगलले वालेटले अब प्रयोगकर्ताको होम स्क्रिनमा आफ्नो उडान ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। गत वर्षको अक्टोबरमा गुगलले एन्ड्रोइडमा गुगल वालेटलाई निरन्तर नोटिफिकेसन (सूचना) मार्फत प्रयोगकर्ताको होम स्क्रिनमा लाइभ उडान अपडेटहरू ट्र्याक गर्ने क्षमता प्रदान गर्ने बताएको थियो र अब यो सुविधा उपलब्ध भएको हो।
प्रयोगकर्ताले पहिले गुगल वालेटमा बोर्डिङ पास थप गरेको भए यी लाइभ अपडेटहरू देखा पर्नेछ। त्यसो गर्दा प्रयोगकर्तालाई पहिले नै बोर्डिङ समय र गेट परिवर्तनहरू जस्ता अपडेटहरू सहित नोटिफिकेसन (सूचनाहरू) दिइसकिएको हुनेछ।
साथै वालेटले प्रयोगकर्ताको इमेलहरूमा रहेको उडान बुकिङको लागि बोर्डिङ पास थप नगरेएको खण्डमा चेक इन गर्न सम्झाउनको लागि आफ्नो जीमेल इन्टिग्रेसन पनि प्रयोग गर्नेछ।
प्रयोगकर्ताले अब एन्ड्रोइड १६ मा पनि निरन्तर नोटिफिकेसन (सूचना) प्राप्त गर्न सक्ने बताइएको छ। यो टेकअफ हुनुभन्दा केही समय अघि सक्रिय हुनेछ र प्रयोगकर्ताले आफ्नो आगमनको अनुमानित समयका साथै उडानको अवधि र त्यस अघि कति पटक गइसक्नु भएको छ भनेर प्रोग्रेस बारमा देखाउने छ।
साथै उक्त नोटिफिकेसन (सूचना) मा ट्याप गर्दा प्रयोगकर्तालाई वेब सर्च परिणामको रूपमा खोल्ने गुगल फ्लाइट्स (उडानहरू) को लिङ्कसहितको सामान्य टिकट पृष्ठमा पुर्याउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ बैशाख २०८३, आईतवार