नौ महिनामा ३७ करोड रुपैयाँमाथिको विद्युतीय चुलो आयात

  • Technology Khabar | १० बैशाख २०८३, बिहीबार
नौ महिनामा ३७ करोड रुपैयाँमाथिको विद्युतीय चुलो आयात
एआई निर्मित सांकेतिक तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को नवौं महिना चैत्र मसान्तसम्म नेपालमा ३७ करोड १९ लाख ९० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न २४ देशहरुबाट उक्त मूल्य बराबरका १ लाख ८४ हजार २० थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले ५ करोड २९ लाख १३ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट ३० करोड २३ लाख २४ हजार बराबरको १ लाख ४६ हजार ५७ थान तथा भारतबाट ६ करोड १८ लाख बराबरको ९४ हजार बराबरको ३४ हजार ६७३ थान चुलो आएको छ।

यीबाहेक कतारबाट ७६ हजार बराबरको ६७ थान, यूएईबाट १ लाख ४७ हजार बराबरको १०५ थान, बंगलादेशबाट ६० लाख ५१ हजार बराबरको ३ हजार थान, मलेसियाबाट ७ लाख ३६ हजार बराबरको ४८ थान तथा साउदी अरेबियाबाट ७ हजार बराबरको ६ थान तथा अमेरिकाबाट २ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

यस्तो छ तथ्याङ्क

इण्डक्शन चुलो

क्र. सं.देशपरिमाणरकम
बंगलादेश६६०१३७४
चीन९९९९१२१९९३८
भारत२०९२४३३९१४
इण्डोनेसिया१८२
दक्षिण कोरिया१२१०
कुवेत
मलेसिया४८७३६
कतार६१६८
साउदी अरेबिया
१०सिंगापुर१५१७
११युयाण्डा२१
१२यूएई१००१३८
१३बेलायत
१४स.रा. अमेरिका

इन्फ्रारेड चुलो

 

क्र. सं.देशपरिमाणरकम
बंगलादेश२३४०४६७७
चीन४५६१९८०६९६
भारत१३२६८२५३६८
कतार

 

अन्य विद्युतीय चुलो

क्र. सं.देशपरिमाणरकम
चीन४४७१६८९
भारत४८१२६१२
कतार
सिंगापुर
स्पेन१०५३६
यूएई

प्रकाशित: १० बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार