बेलायतमा पहिलो पटक ५जी मोबाइल सेवा शुरु, ६ वटा शहरमा उपलब्ध

  • Technology Khabar | १७ जेष्ठ २०७६, शुक्रबार
बेलायतमा पहिलो पटक ५जी मोबाइल सेवा शुरु, ६ वटा शहरमा उपलब्ध

काठमाडौं ।

काठमाडौं । यूरोपेली मुलुक बेलायतमा पहिलो पटक ५जी नेटवर्क संचालनमा आएको छ । बेलायतको ईई नामक बेलायको सबैभन्दा ठूलो मोबाइल अपरेटरले नयाँ पुस्ताको ५जी मोबाइल वायरलेस लन्च गरेको हो ।

कम्पनीले लण्डनको थेम्स नदिमा एउटा डुंगामा लाइभ स्ट्रीमिंग गर्दै ५जी शुरु गरेको हो । कम्पनीले हाल बेलायतको लण्डन, एडिनबर्ग, बेलफास्ट, कार्डिफ, ब्रिर्मिंगम, र म्यानचेस्टरका क्षेत्रहरुमा मात्र लन्च गरेको छ ।

सो कम्पनीका ग्राहकहरुले ५जी सेवा प्रयोग गर्न सामसंग, वनप्लस, एलजी र ओप्पोका नयाँ स्मार्टफोनहरुमार्फत अनुभव गर्न सक्ने बताईएको छ ।

५जी टेक्नोलोजीले विशेषगरि भिडियो स्ट्रीमिंग, सेल्फ ड्राइभिंग कार, मशिन टू मशिन कम्यूनिकेसन्सलगायतमा उपयोगी हुन्छ । ५जी तिब्रगतिको इन्टरनेट सेवाको लागि उपयोग हुनका साथसाथै ४जी कनेक्सनको भन्दा न्यून लेटेन्सी हुने गर्दछ ।

ईईको सबैभन्दा सस्तो सेवा दर ५४ पाउण्ड प्रति महिना रहेको छ भने ५जी ह्याण्डसेटसहित सेवा किन्दा १७० पाउण्ड मासिक तिर्नुपर्ने हुन्छ । यसमा केबल १० जीबी डाटा पाईनेछ ।

कम्पनीले ५जी नेटवर्कलाई सन् २०२० भित्र २० वटा शहरहरुमा उपलब्ध गराउने योजना राखेको छ । एजेन्सी

प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार