डिशहोम इन्टरनेटले ल्यायो २ महिना अतिरिक्त बोनससहितको नयाँ वर्षको नयाँ अफर

  • Technology Khabar | १० बैशाख २०८३, बिहीबार
डिशहोम इन्टरनेटले ल्यायो २ महिना अतिरिक्त बोनससहितको नयाँ वर्षको नयाँ अफर

काठमाडौं ।

नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक “नयाँ वर्षको नयाँ अफर” सार्वजनिक गरेको छ। यस विशेष योजना अन्तर्गत इन्टरनेट जडान गर्ने ग्राहकहरूले अब थप २ महिना बोनस पाउनेछन्।

कम्पनीले दावी गरे अनुसार यो अफर अन्तर्गत २००, ३००, ६०० र १००० एमबीपीएसका उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ कनेक्सन गर्ने ग्राहकहरूलाई अतिरिक्त सेवा अवधि प्रदान गरिनेछ, जसले प्रयोगकर्तालाई अझ बढी समयसम्म निरन्तर उच्च गुणस्तरको इन्टरनेटको अनुभव लिन सहयोग गर्नेछ।

डिशहोम इन्टरनेट नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूमध्ये एक हो, जसले छिटो, भरपर्दो र ग्राहकमैत्री इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।

कम्पनीका अनुसार, बढ्दो डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै ग्राहकलाई सुलभ र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।

यो सुविधा नयाँ इन्टरनेट जडानमा मात्र लागू हुने, २०० देखि १००० एमबीपीएससम्मका प्याकेजहरू उपलब्ध हुने,  दुई महिना अतिरिक्त बोनस पाइने साथै सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १० बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार