विद्यार्थीहरुलाई सवारी भाडामा ४५ प्रतिशत छुट सुविधा उपलब्ध गराउन यातायात व्यवस्था विभागको निर्देशन

  • Technology Khabar | ९ बैशाख २०८३, बुधबार
विद्यार्थीहरुलाई सवारी भाडामा ४५ प्रतिशत छुट सुविधा उपलब्ध गराउन यातायात व्यवस्था विभागको निर्देशन

काठमाडौं ।

यातायात व्यवस्था विभागले विद्यार्थीलाई सार्वजनिक यातायातका सवारी साधनहरुमा छुट सुविधा प्रदान गर्न यातायात व्यवसायसम्वद्ध संघ संस्थाहरुलाई निर्देशन दिएको छ।

विभागले हालै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्रमार्फत निर्देशन दिएको हो।

“नेपाल सरकारका विभिन्न प्लेटफर्महरु (हेलो सरकार, गुनासो पेटिका) लगायतमा छुट सुविधा सार्वजनिक यातायातका सवारी साधनहरुमा सो अनुसारको छुट तथा सहुलियत उपलब्ध नगराइएको भनी पर्याप्त गुनासोहरुसमेत प्राप्त हुन आएकोले सो बमोजिमको विद्यार्थी सहुलियत सुविधा उपलब्ध गराउने कार्य कार्यान्वयन गर्न हुन निर्देशानुसार अनुरोध छ” निर्देशनमा उल्लेख छ।

यसअघि २०६५ । ११ ।२० मा नेपाल सरकार, भौतिक मन्त्रालयका तत्कालीन मन्त्री तथा यातायात व्यवसायसंवद्ध संघ संगठनहरुसमेतको उपस्थितिमा यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रस्तावहरुमाथि छलफलपछि विद्यार्थीहरुलाई सवारी भाडामा ४५ प्रतिशत छुट सुविधा उपलब्ध गराउने निर्णय भएको थियो।

प्रकाशित: ९ बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार