आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

  • Technology Khabar | २९ चैत्र २०८२, आईतवार
आमसञ्चार विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठाइयो

काठमाडौं ।

सुदूरपश्चिम प्रदेशसभाले ‘सुदूरपश्चिम प्रदेशमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ।

आज बसेको प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भयो।

यस्तै, ‘सुदूरपश्चिम प्रदेश जीवनाषक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई पनि दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइएको छ।

मन्त्री सार्कीले पेस गरेको उक्त प्रस्ताव पनि बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। यस्तै, प्रदेशसभाअन्तर्गतका दुई विषयगत समितिमा रहेका सदस्यहरू हेरफेर गरिएको नामावलीसम्बन्धी प्रस्तावलाई पनि बैठकले स्वीकृत गरेको छ।

सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गर्नुभएको उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको हो। त्यसअनुसार प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवालाई सार्वजनिक लेखा समितिबाट सामाजिक विकास समिति र खुशीराम डगौरालाई सामाजिक विकास समितिबाट सार्वजनिक लेखा समितिमा हेरफेर गरिएको छ।-रासस

प्रकाशित: २९ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार