स्पोटिफाईले सबै डिभाइसहरूमा भिडियो कन्टेण्ट सहज रुपमा बन्द गर्ने सुविधा प्रस्तुत गर्ने

  • Technology Khabar | २९ चैत्र २०८२, आईतवार
स्पोटिफाईले सबै डिभाइसहरूमा भिडियो कन्टेण्ट सहज रुपमा बन्द गर्ने सुविधा प्रस्तुत गर्ने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

स्पोटिफाईले नयाँ भिडियो नियन्त्रणहरू प्रस्तुत गर्ने भएको छ। नयाँ भिडियो नियन्त्रणहरूले मूल रूपमा प्रयोगकर्तालाई एपमा भिडियो कन्टेण्ट पूर्ण रूपमा बन्द गर्न दिनेछ। यो यहि महिनाको अन्त्यदेखि विश्वव्यापी रूपमा रोल आउट हुनेछ र निःशुल्क सहित सबै खाताहरूमा लागू हुनेछ।

सेटिङहरू भित्र कन्टेण्टमा गएर क्यानभास लुपिङ भिजुअलहरूका साथै म्यूजिक वा पोडकास्टहरूका लागि भिडियोहरू बन्द गर्ने विकल्पहरू डिस्प्लेमा प्राप्त गर्न सकिनेछ। एकपटक नयाँ प्रिफरेन्स (प्राथमिकता) छनौट गरेपछि, यो मोबाइल, डेस्कटप, वेब, टिभी जस्ता डिभाइहरुमा जहाँसुकै स्पोटिफाई प्रयोग गर्दा सबैमा सम्झिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रयोगकर्ता अझै पनि निःशुल्क योजनामा भएको खण्डमा भने भिडियो विज्ञापनहरू र केही अडियो विज्ञापनहरूमा क्यानभास–जस्तो भिजुअलहरू देख्नेछन्।

मानिसहरूले छनौटहरू मन पराउने भएकाले यो सुविधाले भिडियो कन्टेण्टलाई पूर्ण रूपमा बन्द गर्न सहज बनाइरहेको स्पोटिफाईले बताएको छ। साथै धेरै मानिसहरूलाई भिडियो पुश अनावश्यक जस्तो लागेको उल्लेख गरिएको छ। तर स्पोटिफाईमा भिडियो कन्टेण्टबाट छुटकारा पाउने यो सहज तरिका भएको बताइएको छ।

प्रकाशित: २९ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार