सामसंगले ६४ मेगापिक्सेल क्यामरा भएको ग्यालेक्सी ए ७०एस स्मार्टफोन ल्याउने

  • Technology Khabar | १० जेष्ठ २०७६, शुक्रबार
सामसंगले ६४ मेगापिक्सेल क्यामरा भएको ग्यालेक्सी ए ७०एस स्मार्टफोन ल्याउने

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन मेकर सामसंगले बजारमा ए सिरिजको नयाँ स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । कम्पनीले ल्याउने यो स्मार्टफोनमा ६४ मेगापिक्सेलको क्यामरा सेन्सर हुनेछ ।

कम्पनीले सामसंग ग्यालेक्सी ए ७०एस (Samsung Galaxy A70s) लन्च गर्ने र त्यसमा हालै सार्वजनिक गरेको नयाँ सेन्सर ६४ मेगापिक्सेल क्यामरामा राख्ने बताईएको छ ।

सामसंगले यसअघि नै बजारमा ग्यालेक्सी ए ७० स्मार्टफोन लन्च गरिसकेको छ जसमा ३२ मेगापिक्सेलको क्यामरा रहेको छ ।

ग्यालेक्सी ए ७०एस यो वर्षको दोस्रो हाफमा लन्च हुने अपेक्षा गरिएको छ । नयाँ क्यामरा सेन्सरमा आइएसओसेल इमेज हुनेछ जसमा टेट्रासेल टेक्नोलोजी रहेकोछ । यो प्रविधिमा चारवटा पिक्सेललाई एउटा पिक्सेलमा राखिएको हुन्छ जसले उत्कृष्ट तस्विर खिच्न सहयोग गर्दछ ।

यो स्मार्टफोनका अन्य स्पेकहरुको बारेमा जानकारी आएको छैन् ।

ग्यालेक्सी ए७०

यसअघि बजारमा आएको ग्यालेक्सी ए७०मा ६.७ इन्चको फूलएचडी प्लस सुपर एमोलेड डिस्प्ले राखिएको छ । फोनमा स्न्यापड्रागन ६७५ चिपसेटका साथै ६जीबी र ८ जीबी र्याम अप्सन छ भने आन्तरिक स्टोरेज १२८ जीबी रहेको छ ।

ट्रिपल क्यामरा सेटअप भएको ग्यालेक्सी ए७०मा ३२ मेगापिक्सेल प्लस, ८ मेगापिक्सेल प्लस, ८ मेगापिक्सेलको क्यामरा रहेको छ ।

कनेक्टिभिटीका लागि फोनमा ब्लूटूथ, वाईफाई, भीओएलटिई, फोरजी एलटिईलगायत रहेको छन् । इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको यो फोनमा ४,५०० एमएएचको ब्याट्रीका साथमा २५ वाटको फास्ट चार्जिंग सर्पोट रहेको छ ।

प्रकाशित: १० जेष्ठ २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार