फागुन महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम पौने २ अर्ब रुपैयाँले घट्यो

  • Technology Khabar | २१ चैत्र २०८२, शनिबार
फागुन महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम पौने २ अर्ब रुपैयाँले घट्यो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को आठौं महिना फागुन महिनाभरी इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवै अघिल्लो महिनाको तुलनामा उल्लेख्य ओरालो लागेको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ फागुन समान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबारको सङ्ख्या र रकम दुवैमा उल्लेख्य गिरावट आएको पाइएको हो।

यो प्रवृत्ति मंसिरबाट पुष र पुषबाट माघ मसान्तसम्म आइपुग्दा ठिक विपरित रहेको थियो। अर्थात् उक्त अवधिमा कारोबार रकम र सङ्ख्या दुवैमा अघिल्ला महिनाको तुलनामा वृद्धि भएको थियो।

पुषमा इन्टरनेट बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ५ लाख ५९ हजार ५१९ रहेको थियो। पुष मसान्तबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा ९ हजार ८०७ बढेर समग्रमा ५ लाख ६९ हजार २२७ पुगेको थियो। माघ मसान्तबाट फागुन मसान्तसम्म आइपुग्दा यो आँकडा ८ हजार ९६६ घटेर समग्रमा ५ लाख ६० हजार २६१ मा झरेको छ।

यसैगरी कारोबार रकम गत पुषमा २१ अर्ब ९६ करोड २० लाख थियो। पुष मसान्तबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा १ अर्ब ९६ करोड ५० लाख रुपैयाँले बढेर समग्रमा २३ अर्ब ९२ करोड ७० लाख पुगेको थियो।प्रतिवेदनका अनुसार माघ मसान्तदेखि फागुन मसान्तसम्मको एक महिनामा यो आँकडा १ अर्ब ७१ करोड घटेर समग्रमा २२ अर्ब २१ करोड १० लाखमा झरेको छ।

प्रकाशित: २१ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • २१ चैत्र २०८२, शनिबार