सोनी इन्टरएक्टिभ इन्टरटेन्मेन्टद्वारा फोटोलाई ३डीमा रूपान्तरण गर्ने एआई स्टार्टअप सिनेमर्सिभ ‘ल्याब्स’ खरिद

  • Technology Khabar | २१ चैत्र २०८२, शनिबार
सोनी इन्टरएक्टिभ इन्टरटेन्मेन्टद्वारा फोटोलाई ३डीमा रूपान्तरण गर्ने एआई स्टार्टअप सिनेमर्सिभ ‘ल्याब्स’ खरिद

काठमाडौं ।

सोनी इन्टरएक्टिभ इन्टरटेन्मेन्टले फोटोलाई ३डीमा रूपान्तरण गर्ने एआई स्टार्टअप किनेको छ।

प्लेस्टेशन ब्रान्डको स्वामित्वमा रहेको सोनी इन्टरएक्टिभ इन्टरटेन्मेन्टले बेलायतको स्टार्टअप सिनेमर्सिभ ल्याब्सलाई अधिग्रहण गरेको छ जसले २डी फोटो र भिडियोलाई ३डी भोल्युममा रूपान्तरण गर्ने उपकरण विकास गरिरहेको थियो।

इन्ग्याजेटका अनुसार यो स्टार्टअपको टोली अब सोनीको भिजुअल कम्प्युटिङ ग्रुपमा समावेश हुनेछ, जुन गेम रेण्डरिङ, भिडियो कोडिङ र जेनेरेटिभ एआई मोडेलजस्ता ग्राफिकल प्रविधिमा केन्द्रित अनुसन्धान टोली हो।

सिनेमर्सिभको पछिल्लो उत्पादन ‘प्यारालाक्स’ नामक भर्चुअल रियालिटी एप हो, जसले पारालाक्स फोटोहरू हेर्न मिल्छ—यस्ता ३डी तस्बिरहरू जसलाई टाउको हल्लाउँदा फरक कोणबाट हेर्न सकिन्छ।

यी तस्बिरहरू सामान्य स्मार्टफोन वा स्टेरियो लेन्स भएका क्यामेराबाट खिचिन्छन्। यसलाई सम्भव बनाउन स्टार्टअपले २डी तस्बिरलाई ३डी भोल्युममा रूपान्तरण गर्ने कस्टम एआई उपकरण विकास गरेको थियो, जसलाई सोनीले आफ्ना परियोजनामा प्रयोग गर्न चाहेको देखिन्छ।

सोनीले अधिग्रहणपछि सिनेमर्सिभको टोलीले आफ्ना गेमसम्बन्धी भिजुअल कम्प्युटिङ प्रविधि सुधार गर्ने प्रयासमा योगदान गर्ने जनाएको छ। यसमा मेसिन लर्निङ प्रयोग गरेर गेमको दृश्य गुणस्तर सुधार्ने, रेंडरिङ प्रविधि उन्नत गर्ने र खेलाडीका लागि अझ यथार्थपरक अनुभव ल्याउने लक्ष्य समावेश छ।

मेसिन लर्निङ सोनीका लागि गेम ग्राफिक्स सुधार गर्ने प्रमुख माध्यम बनेको छ। प्लेस्टेशन ५ र भविष्यका हार्डवेयरमा प्रदर्शन बढाउन कम्पनीले यसमा ध्यान दिइरहेको छ।

प्लेस्टेशन ५ प्रो मा नयाँ जीपीयू, छिटो स्टोरेज र ‘प्लेस्टेशन स्पेक्ट्रल सुपर रेजोल्युशन (पीएसएसआर)’ जस्ता एआई आधारित अपस्केलिङ प्रविधि समावेश गरिएको छ, जसले गेमलाई कम रिजोल्युसनमा चलाएर फोरकेमा रूपान्तरण गर्न मद्दत गर्छ। कम्पनीले मार्चमा पीएसएसआरको अपडेटेड संस्करण सार्वजनिक गर्दै यसको प्रदर्शन अझ सुधार गरेको थियो।

यसका साथै एएमडीसँग मिलेर सोनीले ‘प्रोजेक्ट एमेथिस्ट’ मा काम गरिरहेको छ, जसको उद्देश्य भविष्यका कन्सोलमा रे-ट्रेसिङ र अपस्केलिङ प्रविधि अझ उन्नत बनाउनु हो।

प्रकाशित: २१ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार