क्वाइनबेसले अमेरिकामा पायो ट्रस्ट चार्टरका लागि सर्तसहितको स्वीकृति

  • Technology Khabar | २१ चैत्र २०८२, शनिबार
क्वाइनबेसले अमेरिकामा पायो ट्रस्ट चार्टरका लागि सर्तसहितको स्वीकृति

काठमाडौं ।

क्वाइनबेसले अमेरिकामा ट्रस्ट चार्टरका लागि सर्तसहितको स्वीकृति पाएको छ। क्वाइनबेस ग्लोबलले बिहीबार बैंकिङ नियामकबाट राष्ट्रिय ट्रस्ट कम्पनी चार्टरका लागि सर्तसहित स्वीकृति पाएको जनाएको छ, जसले अमेरिकाको अग्रणी क्रिप्टो एक्सचेन्जप्रति ठूला संस्थागत लगानीकर्ताको आकर्षण बढाउन सक्छ।

रोयटर्सका अनुसार अमेरिकाले डोनाल्ड ट्म्प राष्ट्रपति पुनः निर्वाचित भएपछि क्रिप्टोप्रति थप सकारात्मक नीति अपनाउँदै आएको छ जहाँ नियामकहरूले अघिल्ला कडाइहरू घटाउँदै कारबाही पनि कम गरेका छन्।

अफिस अफ द कम्प्ट्रोलर अफ द करेन्सी अर्थात् मुद्रा नियन्त्रकको कार्यालय (ओसीसी) बाट पूर्ण स्वीकृति पाएमा क्वाइनबेसले संघीय रूपमा नियमन हुने क्रिप्टो कस्टोडियनको रूपमा सञ्चालन गर्न पाउनेछ।

क्वाइनबेस इन्स्टिच्युशनलका सह-प्रमुख ग्रेग टुसारले कम्पनीको ब्लगमा लेख्दै संघीय निगरानीले कस्टडी व्यवसायमा समानता र स्थिरता ल्याउने र भुक्तानी तथा सम्बन्धित सेवाजस्ता नयाँ उत्पादनका लागि आधार तयार गर्ने बताएका छन्।

ओसीसीको सर्तसहित स्वीकृतिले क्वाइनबेस लाई व्यावसायिक बैंक बनाउँदैन भनेर कम्पनीले स्पष्ट पारेको छ। कम्पनीले खुद्रा निक्षेप स्वीकार नगर्ने र फ्र्याक्सनल रिजर्भ बैंकिङमा सहभागी नहुने पनि जनाएको छ।

यसै वर्ष क्रिप्टो डटकमले पनि ओसीसीबाट राष्ट्रिय ट्रस्ट बैंक चार्टरका लागि सर्तसहित स्वीकृति पाएको थियो।

प्रकाशित: २१ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार