
काठमाडौं ।
अनरको एक्स–सिरिजको पछिल्लो थप अनर एक्स८०आई अब चीनमा उपलब्ध भएको छ। डिभाइसले १२० हर्ज एएमओएलईडी डिस्प्ले, ४५वाट चार्जिङको साथ ७,०००एमएएच ब्याट्री समावेश गरेको र मिडियाटेकको डाइमेन्सिटी ६५०० चिपसेटको साथ लन्च हुने पहिलो फोन बनेको छ।
मिडियाटेकले आधिकारिक रूपमा डाइमेन्सिटी ६५०० को घोषणा नगरेको भए तापनि अनरको सूचीले केही प्रमुख विवरणहरूको खुलासा गरेको छ।
यो चिपसेटमा २.६ गिगाहर्जमा चल्ने २× कोर्टेक्स–ए७६ कोरको साथ आठ–कोर सीपीयू र २.० गिगाहट्र्जमा ६× कोर्टेक्स–ए५५ एकाइहरू रहेका छन्। साथै चिप डाइमेन्सिटी ६४०० र आफ्नो पूर्ववर्तीहरू जस्तै माली–जी५७ एमसी२ जीपीयूले सुसज्जित रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
एक्स८०आईको बाँकी स्पेसिफिकेशनहरूमा १,२०० × २,६०० पिक्सेल रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट र ६,५०० निट्सको उच्चतम स्थानीय ब्राइटनेससहितको ६.६ इन्चको एएमओएलईडी रहेको छ। यो डिभाइस १२जीबी र्याम र ५१२जीबी स्टोरेजसम्म कन्फिगर गर्न मिल्ने र आईपी६६ इन्ग्रेस सुरक्षा पनि रहेको छ।
एक्स८०आईको पछाडिको भागमा एफ/१.८ एपर्चर र एलईडी फ्ल्यासको साथ ५० मेगापिक्सेलको मुख्य क्यामरा छ। अनरको इन–हाउस परीक्षणहरू अनुसार एक्स८०आई भित्रको ७,००० एमएएच ब्याट्री २२ घण्टासम्मको भिडियो प्लेब्याकको लागि मूल्याङ्कन गरिएको र ब्याट्रीले ४५वाट वायर्ड चार्जिङ प्रदान गर्दछ। फोनले एन्ड्रोइड १६ मा आधारित म्याजिकओएस १० बुट गर्दछ भने यो अनरको एआई सुइटसँग पूर्ण हुनेछ।
अनर एक्स८०आई कालो, हरियो, गुलाबी र सेतो रङ्गहरूमा उपलब्ध हुनेछ। डिभाइसको बेसलाइन ८/१२८जीबी ट्रिमको मूल्य १,९९९ चिनियाँ युआन (२९० अमेरिकी डलर) बाट सुरु हुन्छ र १२/५१२जीबी संस्करणको मूल्य २,७९९ चिनियाँ युआन (४०७ अमेरिकी डलर) कायम गरिएको छ।
यो डिभाइस पहिले नै चीनमा अनरको आधिकारिक अनलाइन पसलमा सूचीबद्ध गरिएको र पहिलो ढुवानी अप्रिल १० को लागि तय गरिएको छ।
प्रकाशित: २० चैत्र २०८२, शुक्रबार