
काठमाडौं ।
सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा २४ महिनासम्मको एक्स्टेन्डेड ईएमआई योजना, पक्का उपहार तथा आकर्षक छुटसहित ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ अभियानको घोषणा गरेको छ।
सामसङको ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ नयाँ वर्ष अफर कम्पनीको नयाँ टीभी र होम एप्लायन्सहरूमा उपलब्ध हुनेछ। यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुनेछ।
कम्पनीको दावी अनुसार विश्वकै नम्बर १ भिजन एआई टीभी र बेस्पोक एआई होम अप्लाएन्सहरुमा उपलब्ध आकर्षक अफरहरूले जीवनशैलीलाई सहज बनाउन र घरलाई अझ स्मार्ट बनाउन मद्दत गर्नेछ।
यो क्याम्पेन अन्तर्गत सामसङले टीभीमा २५ प्रतिशत सम्मका छुट, वाशिंग मेशिनमा २३ प्रतिशत सम्मका छुट र रेफ्रिजरेटरमा १७ प्रतिशत सम्मका छुट उपलब्ध गराएको छ। नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर हुने बताइएको छ।
यो अफरलाई अझ आकर्षक बनाउन, चुनित टीभी मोडेल किन्दा रु ३००० बराबर १२ महिनासम्मको एनईटीटीभी प्याकेज निःशुल्क उपलब्ध हुनेछ। त्यसैगरी, चुनित वाशिंग मेशिन मोडेलको खरिदमा ६ किलो सर्फ एक्सेल म्याटिक पक्का उपहारको रूपमा निःशुल्क प्राप्त गरिने छ।
अब नयाँ २४ महिना ईएमआई योजनासँग सामसंङका प्रिमियम टीभी र होम अप्लाएन्सहरु अझै बजेटमैत्री हुने भएका छन्। ग्राहकहरूले रु ५०,००० भन्दा माथिका नयाँ होम अप्लायन्सहरू ४० प्रतिशत डाउनपेमेन्ट गरेर सजिलै अपग्रेड गर्न सक्नेछन्। यो नयाँ योजनाले १२ महिना ईएमआईको तुलनामा महिनाको किस्ता झण्डै आधा बनाउने र ग्राहकलाई बढी लचिलोपन प्रदान गर्ने छ।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित, सामसंङ इन्स्टा फाईनेन्स सेवा मार्फत ग्राहकहरूले १२ महिना ईएमआई योजनामा ० प्रतिशत ब्याजदरमा उपकरणहरू खरिद गर्न सक्नेछन्। तर २४ महिना ईएमआई विकल्पमा भने ७.९९ प्रतिशत अतिरिक्त ब्याज लागू हुनेछ।
साथै नयाँ सामसंङटीभी र होम अप्लाएन्सहरुमा अपग्रेड गर्न चाहने ग्राहकहरूले अर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसंङरिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्नेछन्। अफरबारे थप जानकारीका लागि ग्राहकहरूले नजिकको अधिकृत सामसंङस्टोरमा गई विवरण बुझ्न सक्ने बताइएको छ।

प्रकाशित: १८ चैत्र २०८२, बुधबार