ओप्पो प्याड मिनी लन्च हुनुभन्दा अघि अत्यन्तै पातलो र हलुका बडिसहित प्रदर्शन

  • Technology Khabar | १७ चैत्र २०८२, मंगलवार
ओप्पो प्याड मिनी लन्च हुनुभन्दा अघि अत्यन्तै पातलो र हलुका बडिसहित प्रदर्शन
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ओप्पोको प्रिमियम सानो ट्याब्लेट प्याड मिनी अप्रिलमा फाइन्ड एक्स९ अल्ट्रा, वाच एक्स३ मिनी र एन्को क्लिप २ इयरबडसँगै आउने अपेक्षा गरिएको छ। ओप्पोका एक अधिकारीले लन्च हुनुभन्दा अगाडि ट्याब्लेटको छोटो टिजर भिडियो साझा गरेका छन्। उक्त छोटो टिजर भिडियोमा ट्याब्लेटमा के अपेक्षा गर्ने भन्ने झलक प्रदान गरेको छ।

“अविश्वसनीय रूपमा पातलो र हल्का” भनेर वर्णन गरिएको प्याड मिनीमा रेजर–थिन किनाराहरू रहेका छन्। ट्याब्लेटमा सरल डिजाइन र पछाडि डुअल–क्यामरा सेटअप भएको एल्युमिनियम–क्लड चेसिस रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

हालैका लीकहरूले ट्याब्लेट स्न्यापड्रागन ८ जेन ५ चिपसेटमा चल्ने र ८.८ इन्चको ओएलईडी स्क्रिन रहेको देखाएको छ। साथै पछाडिका क्यामराहरू विशेष नभएको उल्लेख गरिएको छ। ट्याब्लेटमा १३ मेगापिक्सेलको मुख्य शूटर ८ मेगापिक्सेलको क्यामराहरू रहेका छन्।

त्यसैगरी ब्याट्रीको बारेमा कुनै जानकारी उपलब्ध नभएको तर ट्याब्लेटको ब्याट्रीले ६७ वाट फास्ट वायर्ड चार्जिङलाई समर्थन गर्ने बताइएको छ।

ओप्पोले ट्याब्लेट विश्वव्यापी हुनेछ वा चीनमा मात्र उपलब्ध हुनेछ भन्ने बारेमा आधिकारिक रूपमा पुष्टि नगरेको उल्लेख गरिएको छ।

प्रकाशित: १७ चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...