श्रम संस्कृति पार्टीका अध्यक्ष राईद्वारा साइबर ब्यूरोमा उजुरी

  • Technology Khabar | १६ चैत्र २०८२, सोमबार
श्रम संस्कृति पार्टीका अध्यक्ष राईद्वारा साइबर ब्यूरोमा उजुरी

काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा एक व्यक्तिविरुद्ध उजुरी दिएका छन्।

अध्यक्ष साम्पाङले सुनिता खड्का नामको टिकटक आइडिबाट आफ्नो घरसमेत जलाउने धम्की आएकाले सामाजिक सञ्जालमार्फत उजुरी दिएको जानकारी दिए।

“मलगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिइ आमसञ्चार माध्यममा टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोगका साथै गालीगलौज गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको कानून बमोजिम हदैसम्मको कारवाही गरी पाऊँ,”– अध्यक्ष साम्पाङले सार्वजनिक गरेको उजुरीमा उल्लेख छ। रासस

प्रकाशित: १६ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार