लोकप्रिय यूट्युबरहरूले यूट्युब प्लेटफर्मलाई कहिल्यै छोड्दैनन: सीईओ मोहन

  • Technology Khabar | १६ चैत्र २०८२, सोमबार
लोकप्रिय यूट्युबरहरूले यूट्युब  प्लेटफर्मलाई कहिल्यै छोड्दैनन: सीईओ मोहन
फाइल तस्बिर

काठमाडौं ।

यूट्युबका सीईओ नील मोहनले लोकप्रिय यूट्युबरहरू आफ्नो घरजस्तै मान्ने प्लेटफर्म यूट्युब कहिल्यै नछोड्ने बताएका छन्।

हालै उनले द न्यूयोर्क टाइम्सको ‘द इन्टरभ्यू’ कार्यक्रममा दिएको लामो अन्तर्वार्तामा नेटफ्लिक्सजस्ता स्ट्रिमिङ सेवाले आफ्ना चर्चित क्रिएटरहरूलाई तान्ने विषयमा आफू चिन्तित नभएको बताएका हुन्। सो कार्यक्रम स्वयं पनि यूट्युबमै प्रसारण हुन्छ।

अन्तर्वार्ताका क्रममा ओस्कारका प्रस्तोता कोनन ओ ब्राइनले यूट्युबलाई लिएर गरेको मजाकबारे सोध्दा मोहनले उनलाई “धेरै रमाइलो” व्यक्ति भन्दै उनको ‘टिम कोको’ च्यानल यूट्युबमा राम्रो चलेको प्रतिक्रिया दिए।

लोकप्रिय पोडकास्टहरू ‘द ब्रेकफास्ट क्लब’ र ‘माइ फेभरेट मर्डर’ जस्ता कार्यक्रमहरू नेटफ्लिक्समा सर्ने विषयमा उनले प्रतिस्पर्धीहरूले यूट्युबलाई “संस्कृतिको केन्द्र” मानेको भन्दै यसलाई सकारात्मक रूपमा लिएको बताए। उनका अनुसार जब उनी लोकप्रिय युट्युबरहरूसँग कुरा गर्छन्, उनीहरूले जुनसुकै काम गरे पनि यूट्युबनै आफ्नो मुख्य प्लेटफर्म रहने बताउने गरेका छन्।

“मैले कुनै पनि यूट्युबरलाई पूर्ण रूपमा आफ्नो सामग्री यूट्युबबाट हटाएको देखेको छैन,” मोहनले भने। उनले थपे कि अन्य प्लेटफर्मसँग सम्झौता गर्दा पनि अन्ततः यूट्युबरहरूले दीर्घकालीन रूपमा सही निर्णय भनेकै आफ्नो ‘घर’ यूट्युबनछोड्नु नै हो भन्ने बुझ्ने गर्छन्।

प्रकाशित: १६ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

PUBG Mobile and Naruto Shippuden announces partnership with coming Version 4.5

  • Technology Khabar
  • १६ चैत्र २०८२, सोमबार