आठ महिनामा ३० अर्ब रुपैयाँ हाराहारीको सवा १५ लाख थानभन्दा बढी स्मार्टफोन आयात

  • Technology Khabar | १२ चैत्र २०८२, बिहीबार
आठ महिनामा ३० अर्ब रुपैयाँ हाराहारीको सवा १५ लाख थानभन्दा बढी स्मार्टफोन आयात

काठमाडौं ।

चालु आर्थिक वर्षको आठौं महिना फागुन मसान्तसम्म नेपालमा २९ अर्ब ९३ करोडभन्दा बढीको सवा १५ लाख थानभन्दा बढी स्मार्टफोन आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात अन्य महिनाहरुमा झैं अझ वृद्धि हुँदै गइरहेको पाइएको हो।

माघ मसान्तसम्म समग्रमा २६ अर्ब ६८ करोड  ७३ लाख ३५ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको १५ लाख २८ हजार ५९८ थान स्मार्टफोन आयात भएको विवरणमा उल्लेख छ।

यस अवधिमा सरकारले स्मार्टफोनको आयातबाट ५ अर्ब ५८ करोड ३८ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ५५ मुलुकबाट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट २३ अर्ब ७ करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको १२ लाख ९२ हजार ३४९ थान स्मार्टफोन आयात भएको छ।

यसैगरी भारतबाट ६ अर्ब ३७ करोड ३५ लाख ३७ हजार रुपैयाँ बराबरको २ लाख २९ हजार ४१६ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यसबाहेक विश्वका अन्य ५३ मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु भित्रिएका छन् जसमध्ये २० थानमाथि आयात भएका शीर्ष १८ कारोबार तलको तालिकामा देखाइएको छ:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
चीन१२९२३४९२३०७०४२८
भारत२२९४१६६३७३५३७
अस्ट्रेलिया२१८८१११४३९
जापान८७७७४८८७
अमेरिका८७४१०६२१३
थाइल्याण्ड१३१४७५
कतार६६४२०५७९
दक्षिण कोरिया६२१२८५०४
यूएई८४२८१३९१
१०बेलायत१६३१७८०६
११क्यानडा८८९९०२
१२हङकङ५१५५८१
१३मलेसिया४४२९१८
१४पोर्चुगल३१३५७६
१५भियतनाम३१९९९
१६बंगलादेश२८३२१२
१७कुवेत२२१२०६
१८साउदी अरेबिया२२२२३५

प्रकाशित: १२ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार