आईफोन एयर बिक्रीमा आईफोन १६ प्लस भन्दा दोब्बर सफल: रिपोर्ट

  • Technology Khabar | १२ चैत्र २०८२, बिहीबार
आईफोन एयर बिक्रीमा आईफोन १६ प्लस भन्दा दोब्बर सफल: रिपोर्ट
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

आईफोन एयरले प्रतिस्थापन गरेको प्लस मोडेल अर्थात् आईफोन १६ प्लस भन्दा लगभग दोब्बर सफलता प्राप्त गरेको ओक्लाको नयाँ रिपोर्टले खुलासा गरेको छ। आईफोन १७ पुस्ताको बिक्रीमा आईफोन एयरले ६.८ प्रतिशत हिस्सा ओगटेको छ भने आईफोन १६ प्लसले २.९ प्रतिशत मात्र ओगटेको छ।

आईफोन १७ पनि आईफोन १६ भन्दा बढी सफल भएको र आईफोन १६ को ५.९ प्रतिशतको तुलनामा आईफोन १७ ले समग्र बिक्रीको ७ प्रतिशत हिस्सा ओगटेको छ। आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सको भने आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको तुलनामा समग्र आईफोन १७ परिवारको बिक्रीमा आफ्नो हिस्सा घटाएको उल्लेख गरिएको छ। ओक्लाले सार्वजनिक गरेको तस्बिरमा प्रो मोडेलमा सबैभन्दा ठूलो गिरावट देख्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यो रिपोर्ट स्पीडटेस्ट बाइ ओक्लाको नमूनाहरूमा आधारित रहेको हुनाले यो आधिकारिक नभएको उल्लेख गरिएको छ। तर रिपोर्टमा आईफोन एयरको आईफोन १६ प्लसको तुलनामा धेरै स्पष्ट रुपमा बिक्री बिन्दु रहेको देख्न सकिने बताइएको छ।

आईफोन एयरले अमेरिकामा सामसङको ग्यालेक्सी एस२५ एजलाई ३–देखि–१ को मार्जिनले पछाडि पारेको ओक्लाले बताएको छ भने बेलायत र जर्मनीमा १ प्रतिशत भन्दा कमको हिस्साको साथ एस२५ एजको प्रवेश न्यूनतम रहेको उल्लेख गरिएको छ।

आईफोन एयरमा प्रस्तुत गरिएको एप्पलको सी१एक्स मोडेम “एक महत्वपूर्ण परिपक्वता बिन्दुमा पुगेको र क्वालकम बिरुद्धको पर्फर्मेन्स ग्याप (प्रदर्शन अन्तर) बाट कन्भर्सेसन (कुराकानी) लाई “रियल– वर्ल्ड पर्फर्मेन्स (प्रदर्शन)मा रणनीतिक समकक्ष” मा सारेको स्रोतले दावी गरेको छ।

यो क्वालकमको एक्स८० मोडेमसँगको तुलनामा आधारित रहेको छ भने यो सी१एक्सको विश्वभर डाउनलोड गतिमा धेरै नजिक पुगेको बताइएको छ र सी१ (आईफोन १६ई मा डेब्यू भएको) ले धेरै ढिलो डाउनलोड गति मात्र प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ।

फोटो सौजन्यः जीएसएमएरिना

प्रकाशित: १२ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...