नकिन्नुस ह्वावेका मोबाइल फोन, अब गूगलका जीमेल र यूट्यूब लगायत एप्स चलाउन पाईँदैन

Technology Khabar ६ जेष्ठ २०७६, सोमबार

काठमाडौं ।

काठमाडौं । नेपाली बजारमा चिनियाँ स्मार्टफोन मेकर कम्पनी ह्वावेका विभिन्न डिभाइसहरु उपलब्ध रहेका छन् । विशेषगरि मोबाइल फोन र दूरसंचार उपकरणको बजारमा ह्वावेको उपस्थिती अन्य क्षेत्रभन्दा ससक्त रहेको छ । नेपाली बजारमा ह्वावेका विभिन्न मोबाइल फोनहरु उपलब्ध छन् ।

कम्पनीले विशेषगरि पछिल्लो दिनहरुमा मिड रेन्ज र हाईएण्डका स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको छ ।

नेपाली बजारमा प्रमुख ५ स्मार्टफोन ब्राण्डमा पर्ने ह्वावेलाई अब भने बजारमा थप समस्या पर्ने भएको छ । यदि तपाईँपनि ह्वावेका स्मार्टफोन प्रयोग गरिरहनुभएको छ वा किन्ने विचारमा हुनुहुन्छ भने एक पटक सोच्नुपर्ने भएको छ ।

अमेरिकाले ह्वावेका व्यवसायमा विश्वभर प्रतिबन्ध लगाएको र अमेरिकी कम्पनीहरुसँग कारोबार गर्न रोक लगाएपछि ह्वावेको मोबाइल फोनहरु पनि समस्यामा पर्ने भएका हुन् ।

ह्वावेले गूगलको एन्ड्रोयड अपरेटिंग सिस्टममा आधारित रहेका आफ्ना स्मार्टफोनहरु ल्याउने गरेको छ भने गूगलका जीमेल, यूट्यूब, प्ले स्टोर, क्रोमलगायतका एप्सहरु पनि फोनमा उपलब्ध गराउने गरेको छ ।

त्यसैगरि गूगल म्याप, जीबोर्ड एप, गूगल फोटोलगायतका अन्य एप तथा सेवाहरु पनि स्मार्टफोनमा निकै प्रयोग हुँदै आएका छन्। तर अब भने ती सेवाहरु ह्वावेका फोनहरुमा उपलब्ध नहुने भएका छन् ।

हालै अमेरिकी सरकारले ह्वावेलाई लगाएको प्रतिबन्धसँगै गूगलले ह्वावेसँगको आफ्नो सेवा तथा व्यवसायहरुलाई निलम्बन गरेको छ । गूगलले निलम्बन गरेसँगै अब गूगलका जीमेल, यूट्यूब, प्ले स्टोरलगायतका एप्स ह्वावेका फोनहरुमा उपलब्ध हुनेछैनन् ।

यो प्रतिबन्धले हालका स्मार्टफोनहरुमा केहि फरक नपर्ने भनिएपनि एन्ड्रोयडमा आधारित विभिन्न सेक्युरिटी अपडेटमा भने प्रभाव पर्नसक्ने अनुमानसहितका रिपोर्टहरु बाहिर आएका छन् ।

त्यसैले यदि तपाईँले ह्वावेका डिभाइसहरु प्रयोग गरिरहनुभएको छ भने तत्काल कुनै असर त देखिने छैन् र त्यसमा एन्ड्रोयडका सेवाहरु आईरहने छन तर भविश्यमा आउने अपडेटहरुमा भने असर पर्नेछ जसले गर्दा तपाईँको स्मार्टफोन जोखिममा हुनेछ ।

त्यसैगरि यदि तपाईँले ह्वावेका मोबाइल फोनहरु किन्ने सोच गरिरहनुभएको छ भने हालको लागि अन्य ब्राण्डतिर सिफ्ट हुनु उपयुक्त विकल्प हुनेछ । किनकी भविश्यमा आउने जोखिमलाई अहिले नै अन्य ब्राण्डका फोन किनेर रोक्न सक्नुहुनेछ ।

नेपाली बजारमा ह्वावेका स्मार्टफोनहरु कल मोबिलिटी प्रालिले आयात तथा बिक्री गर्दै आएको छ ।

प्रकाशित: ६ जेष्ठ २०७६, सोमबार

तपाइको प्रतिक्रिया