
काठमाडौं ।
एप्पलले आफ्नो पहिलो फोल्डेबल आईफोनको लन्चमा फेरि ढिलाई गर्ने भएको छ।
गत वर्षदेखि मात्र फोल्डेबल आईफोनको विवरणहरु देखा पर्न थालेको थियो र डिभाइस २०२६ वा २०२७ मा अनावरण हुने मितिहरूको बारेमा पनि रिपोर्टहरु बाहिरिएका थिए।
हालैका महिनाहरूमा एप्पलको फ्ल्यागशिप फोल्डेबल फोन यो वर्ष आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै अनावरण हुनेछ भनि लगभग पूर्ण रूपमा पुष्टि गरिएको टेलीग्राफले रिपोर्ट गरेका छ।
तर अब, यो वर्ष र अर्को वर्षका लागि एप्पलको आगामी आईफोन मोडेलहरूको बारेमा एउटा नयाँ रिपोर्ट देखा परेको छ। उक्त रिपोर्टमा कम्पनीले नयाँ फोनको लन्चमा फेरि ढिलाइ गर्न सक्ने दावी गरिएको छ।
एप्पलले आफ्नो प्र्रोडक्टको लन्चमा ढिलाइ गरेको यो पहिलो पटक भने हुनेछैन।
रिपोर्टका अनुसार एप्पलले फोल्डेबल आईफोनको लन्चमा ढिलाइ गरे पनि यो धेरै लामो नहुने उल्लेख गरिएको छ।
आईफोन १८ सँगसँगै सेप्टेम्बरमा अनावरण हुनुको सट्टा फोल्डेबल आईफोन डिसेम्बरमा लन्च हुन सक्ने रिपोर्ट गरिएको छ।
प्रकाशित: १० चैत्र २०८२, मंगलवार