
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को सातौं महिना माघ मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान गर्नेको संख्या ३० लाख ६२ हजार २०४ पुगेको छ। यो आँकडा अघिल्लो महिना पुस मसान्तसम्म ३० लाख २५ हजार ८३८ थियो।
यस हिसाबले हेर्दा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक महिनामा ३६ हजार ३६६ ले वृद्धि भएको छ।
नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात् असोजमा पनि कम्पनीको यो साख यथावत नै छ।
विवरण अनुसार २०८२ माघ मसान्तसम्मका टप १० आईएसपी यसप्रकार छन्:
१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ माघ मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या १० लाख ६५ हजार ९९८ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ९ लाख ७३ हजार ११३ थियो।
२. डिश मिडिया नेटवर्क ३७४१९०
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ माघ मसान्तसम्म डिश मिडिया नेटवर्कको ३ लाख ७४ हजार १९० पुगेको छ। अघिल्लो महिना कम्पनीको इन्टरनेट जडान संख्या ३ लाख ८३ हजार ८१६ रहेको थियो।
३. भायानेट कम्युनिकेशन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ माघ मसान्तसम्म भायानेट कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ३ लाख ६१ हजार २०४ पुगेको छ। अघिल्लो महिना पनि कम्पनीको समग्र ग्राहक सङ्ख्या ३ लाख ४६ हजार १७७ थियो।
४. क्लासिक टेक प्रालि २७६६२४
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ माघ मसान्तसम्म क्लासिक टेकको इन्टरनेट जडान संख्या २ लाख ७६ हजार ६२४ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या २ लाख ७२ हजार ५०० थियो।
५. सुबिसु केबलनेट प्रालि २६०६९२
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ माघ मसान्तसम्म सुबिसु केबलनेटको इन्टरनेट जडान संख्या २ लाख ६० हजार ६९२ मा पुगेको छ। अघिल्लो महिना कम्पनीको ग्राहक सङ्ख्या २ लाख ५७ हजार २३४ थियो।
६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम १७४९३९
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ माघ मसान्तसम्म वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टमको इन्टरनेट जडान संख्या १ लाख ७४ हजार ९३९ मा झरेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ७६ हजार १७४ रहेको थियो।
७. टेकमाइण्ड्स नेटवर्क प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ माघ मसान्तसम्म टेकमाइण्ड्स नेटवर्क प्रालिको इन्टरनेट जडान संख्या १ लाख २४ हजार १४६ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख २३ हजार ३३१ थियो।
८. वाइफाइ नेपाल प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ माघ मसान्तसम्म वाइफाइ नेपाल प्रालिको इन्टरनेट जडान संख्या १ लाख २ हजार ९९१ मा पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ९२ हजार १ थियो।
९. सिजी कम्युनिकेसन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ माघ मसान्तसम्म सिजी कम्युनिकेसन प्रालिको इन्टरनेट जडान संख्या ८४ हजार ९३६ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ८४ हजार ६१० थियो।
१०. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि
प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ माघ मसान्तसम्म ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिको इन्टरनेट जडान संख्या ५५ हजार १४४ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ५४ हजार २१५ थियो।
प्रकाशित: ४ चैत्र २०८२, बुधबार